logo

दोहोरो अंकले घट्यो शेयर बजार,नेप्से १९.४२ अंक मुनी

    1008   पटक पढिएको


२६ भदौ/अर्थ र व्यापार – दुई दिन लगातार बढेको शेयर बजारमा आज पुनः दोहोरो अंकको करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार मंगलबार बजार १९.४२ अंकले घटेको हो ।
आज ०.९७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६७.५७ अंकमा झरेको छ । आज २७६ कम्पनीका ३९ लाख १६ हजार १ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५.५१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
समग्रमा बजार घटे पनि मंगलबार शुभम् पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै थ्रीस्टार हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
यसैगरी, नेपाल एसबीआई बैंकको उच्च कारोबार भएको छ । यस बैंकको ७ करोड ५६ लाख १८ हजार ९ सय २०.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन आइतबार १०.२३ अंकले बजार बढ्दा १ अर्ब ७ करोड २२ लाख १२ हजार ४ सय १८.६० रुपैयाँ र सोमबार ४४.३० अंकले बजार बढ्दा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७.२४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन कुल १ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब १३ करोड रुपैयाँमा खुम्चियो ।
आज ३३ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ४ वटाको स्थिर रहृयो ।
आज सबैजसो उपसमूहका सूचक घटेका छन् । बैंकिङ ५, विकास बैंक ५४, फाइनान्स ३२, होटल तथा पर्यटन ११०, जलविद्युत् ३१, जीवन बीमा १०८, उत्पादन ५६, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा १४९, अन्य ३ र ब्यापार उपसमूह २४ अंक घटेका छन ।
आज कारोबार रकमका आधारमा नेपाल एसबीआई बैंक, शिवम् सिमेन्ट, एभरेस्ट बैंक, आईएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटल क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।