logo

सेयर बजार एकाएक बुलिस ट्रेन्डमा, नेप्से ४४.३० अंकले बढ्यो

    1089   पटक पढिएको


२४ भदौ/अर्थ र व्यापार – सेयर बजारमा एकाएक उछाल आएको छ । सोमबार सेयर बजार ४४.३० अंकले बढेको छ । निरन्तर घटेको सेयर बजार सोमबार भने एकाएक बुलिस ट्रेन्डमा गएको हो । यो वृद्धिसँगै नेप्से परिसूचक १९८६.९९ विन्दुमा पुगेको छ ।
सेयर बजारमा आएको उछालसँगै डेढ अर्ब रुपैयाँको कारोबार भएको छ। जुन पछिल्लो ११ कारोबार दिनयताकै उच्च हो। बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने अनुमानमा सेयर बजार बुलिस ट्रेन्डमा गएको हो। सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिँदा ब्याजदर घटाउने सर्त राखेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले निक्षेपसँगै ऋणको ब्याजदर घटाउने सर्तमा स्थानीय तहको पैसा निक्षेपमा गणना गर्ने सुविधा आइतबारबाट दिएका थिए। यसले तरलता थप सहज हुन्छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले अहिले पनि बैंकहरु ऋण दिन एकदमै सहज अवस्थामा छन्। उनीहरुले करिब ४ खर्ब रुपैयाँ हाराहारी ऋण दिन सक्छन्। त्यही कारण बजारले सकारात्मक बाटो तय गरेको सम्बन्धीत विस्लेशकहरुको भनाई छ ।

सोमबार साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार उच्च भएको छ। कम्पनीको ६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।
कम्पनीको सेयरको माग उच्च भएपछि मूल्य पनि बढेको छ। एकै दिन कम्पनीको सेयर मूल्य एक कित्ताकै दुई सय रुपैयाँले बढेको छ। कम्पनीको सेयर मूल्य ५७ सय रुपैयाँ पुगेको छ। एभरेष्ट बैंकको पनि ५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।