logo

सेयर बजार एकाएक बुलिस ट्रेन्डमा, नेप्से ४४.३० अंकले बढ्यो

    740   पटक पढिएको


२४ भदौ/अर्थ र व्यापार – सेयर बजारमा एकाएक उछाल आएको छ । सोमबार सेयर बजार ४४.३० अंकले बढेको छ । निरन्तर घटेको सेयर बजार सोमबार भने एकाएक बुलिस ट्रेन्डमा गएको हो । यो वृद्धिसँगै नेप्से परिसूचक १९८६.९९ विन्दुमा पुगेको छ ।
सेयर बजारमा आएको उछालसँगै डेढ अर्ब रुपैयाँको कारोबार भएको छ। जुन पछिल्लो ११ कारोबार दिनयताकै उच्च हो। बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने अनुमानमा सेयर बजार बुलिस ट्रेन्डमा गएको हो। सरकारले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिँदा ब्याजदर घटाउने सर्त राखेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले निक्षेपसँगै ऋणको ब्याजदर घटाउने सर्तमा स्थानीय तहको पैसा निक्षेपमा गणना गर्ने सुविधा आइतबारबाट दिएका थिए। यसले तरलता थप सहज हुन्छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले अहिले पनि बैंकहरु ऋण दिन एकदमै सहज अवस्थामा छन्। उनीहरुले करिब ४ खर्ब रुपैयाँ हाराहारी ऋण दिन सक्छन्। त्यही कारण बजारले सकारात्मक बाटो तय गरेको सम्बन्धीत विस्लेशकहरुको भनाई छ ।

सोमबार साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार उच्च भएको छ। कम्पनीको ६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।
कम्पनीको सेयरको माग उच्च भएपछि मूल्य पनि बढेको छ। एकै दिन कम्पनीको सेयर मूल्य एक कित्ताकै दुई सय रुपैयाँले बढेको छ। कम्पनीको सेयर मूल्य ५७ सय रुपैयाँ पुगेको छ। एभरेष्ट बैंकको पनि ५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।