logo

हाथवे इन्भेष्टमेन्टले ल्यायो आइपीओ, प्रतिकित्ता ५० रुपैयाँका दरले लिन पाइने

    982   पटक पढिएको


२१ भदौ/अर्थ र व्यापार – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणकालागि साधारण सेयर जारी गरेको छ । कम्पनीको आइपीओमा बिहीबारदेखि आवेदन खुला भएको छ।
कम्पनीले जारी पुँजी १ अर्ब १७ करोडको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयरका लागि छुट्याएको छ।
छुट्याएको सेयरको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री गरिसकेको छ । २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता सेयर कम्पनीले आफ्ना कर्मचारीका लागि छुट्याएको छ ।
यस्तै ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता साधारण सेयर कम्पनीले सामूहिक लगानी कोष योजनाका लागि बिक्री गर्ने छ ।
बाँकी रहेको २४ लाख २७ हजार ७ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताले प्रतिकित्ता ५० रुपैयाँका दरले आवेदन दिनुपर्ने छ।
दरखास्त न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताका लागि दिन पाइन्छ। कुनै लगानीकर्ताले २० कित्ताभन्दा बढीका लागि सेयर खरिद आवेदन दिनुपरे २० अंकको गुणांकमा आवेदन दिनुपर्ने छ।
आवेदन छिटोमा बिहीबारदेखि आगामी सोमबारसम्म (भदौ २१–२५) आवेदन दिन सकिन्छ। यो अवधिमा लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे कम्पनीले सेयर निष्कासनको समय आगामी ४ असोजसम्म थपगर्ने योजना रहेको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।