logo

हाथवे इन्भेष्टमेन्टले ल्यायो आइपीओ, प्रतिकित्ता ५० रुपैयाँका दरले लिन पाइने

    715   पटक पढिएको


२१ भदौ/अर्थ र व्यापार – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणकालागि साधारण सेयर जारी गरेको छ । कम्पनीको आइपीओमा बिहीबारदेखि आवेदन खुला भएको छ।
कम्पनीले जारी पुँजी १ अर्ब १७ करोडको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयरका लागि छुट्याएको छ।
छुट्याएको सेयरको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री गरिसकेको छ । २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता सेयर कम्पनीले आफ्ना कर्मचारीका लागि छुट्याएको छ ।
यस्तै ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता साधारण सेयर कम्पनीले सामूहिक लगानी कोष योजनाका लागि बिक्री गर्ने छ ।
बाँकी रहेको २४ लाख २७ हजार ७ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताले प्रतिकित्ता ५० रुपैयाँका दरले आवेदन दिनुपर्ने छ।
दरखास्त न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताका लागि दिन पाइन्छ। कुनै लगानीकर्ताले २० कित्ताभन्दा बढीका लागि सेयर खरिद आवेदन दिनुपरे २० अंकको गुणांकमा आवेदन दिनुपर्ने छ।
आवेदन छिटोमा बिहीबारदेखि आगामी सोमबारसम्म (भदौ २१–२५) आवेदन दिन सकिन्छ। यो अवधिमा लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे कम्पनीले सेयर निष्कासनको समय आगामी ४ असोजसम्म थपगर्ने योजना रहेको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।