logo

सेयर कारोबारमा ओरालो यात्रा कायमै, नेप्से झन तल झर्यो

    1011   पटक पढिएको

१९ भदौ/अर्थ र व्यापार – हिजो सोमबार बन्द हुने बेला केही बढेर सम्हालिएको सेयर बजारले मंगलबार पनि ओरालो यात्रा कायमै राख्यो । मंगलबार नेप्से झन तल झरेको छ । आज सेयर बजारमा कुल ७९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
सोमबार १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक भने अघिल्लो दिनको तुलनामा ६.४५ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से १९६१ अंकमा कायम भएको छ ।
मंगलबार ६ दशमलव ४५ अंकले गिरावट आएर सेयर बजार परिसूचक नेप्से १९६१ दशमलव ३७ विन्दुमा पुगेको छ । आज २७७ कम्पनीका २४ लाख ८० हजार २२९ कित्ता शेयर खरिद बिक्री हुँदा ७९ करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार धेरै समयपछि कारोबार रकम समेत १ अर्ब रुपैयाँबाट घटेको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ ।
कुल ७१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ७ को स्थिर रहृयो । बैंकिङ २.९, विकास बैंक ४, फाइनान्स १२, होटल तथा पर्यटन ४३, जलविद्युत् १३, जीवन बीमा ६८, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५८, अन्य उपसमूह ३ अंक घटे । ब्यापार १३ र उत्पादन उपसमूह १९ अंक बढे ।

नेरुडे लघुवित्तको मूल्य ९.८ प्रतिशत बढ्यो भने लिबर्टी इनर्जीको करिब १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालय एभरेस्ट इन्स्योरेन्स संस्थापक, साल्ट ट्रेडिङ, आईएमई लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।