logo

वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्च अध्यक्षमा जैसी

    1073   पटक पढिएको


१० भदौ/अर्थ र व्यापार – वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्चको अध्यक्षमा धनलाल जैसी पुनः निर्वाचित भएका छन्। काठमाडौमा सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनले मञ्चको अध्यक्षमा जैसीलाई पुनः निर्वाचित गरेको हो ।
सोही साधारणसभाबाट मञ्चको उपाध्यक्षमा ज्ञानबहादुर तामाङ, परमेश्वर अधिकारी निर्वाचित भएका छन । मञ्चको महासचिवमा कुन्छा दोर्जे दिमदोङ, सचिवमा बासु पुडासैनी, कोषाध्यक्षमा भरत सापकोटा निर्वाचित भएका छन्।
यसैगरी, मञ्चको सदस्यहरुमा सरस्वती सिग्देल, विजय लामा, नवराज पाण्डे, हरि गिरी, बीरबहादुर शिरीष, सरोज फुयाँल र सुशान्त अर्याल निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको सहभागितामा सम्पन्नमा सो साधारण सभामा अध्यक्ष जैसीले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
२०६४ सालमा स्थापना भएको मञ्चले यसपाली पहिलो पटक साधारण सभा तथा अधिवेशन गरेको हो। साधारण सभा कार्यक्रममा पूर्व श्रम मन्त्री यादवले व्यवसायीहरूमाथि लाग्ने गरेको आरोप अन्त्य गरिनुपर्ने बताए । उनले अन्य व्यवसायीको तुलनामा मञ्चमा आवद्ध वैदेशिक रोजगार व्यवसायीहरु फरक हुनुपर्ने धारणा राखे । मञ्चमा आवद्ध व्यवसायीले श्रमिकको हितलाई ध्यानमा राख्नुपर्नेमा जोडदिँदै उनले भने, ’श्रमिकहरूलाई पठाएर मात्र हुँदैन। उनीहरूले विदेशमा पुगेपछि त्यही अनुसार काम, सेवा सुविधा पाएको छ कि छैन त्यसमा हामी सचेत हुनपर्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।