logo

जीवन बिमा कम्पनीहरुको नाफामा ४४ प्रतिशतले वृद्धि

    735   पटक पढिएको


६ भदौ/अर्थ र व्यापार – आर्थिक वर्ष २०७९/८० मा जीवन बिमा कम्पनीहरुको नाफा ४४.४१ प्रतिशतले बढेर ४ अर्ब ४७ करोड ४६ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा जीवन बिमा कम्पनीको नाफा ३ अर्ब ९ करोड ८४ लाख १ हजार रुपैयाँ थियो ।
सञ्चालनमा रहेका १४ वटा बिमा कम्पनीमा ५ वटा कम्पनीको नाफा घटेको छ भने ७ वटा बिमा कम्पनी नाफामा गएका छन् । यस्तै अघिल्लो असार मसान्तमा नोक्सानमा रहेका दुई बिमा कम्पनी गत आवको असार मसान्तमा भने नाफामा गएका छन् ।
अघिल्लो आवमा नोक्सानमा रहेका र अहिले नाफा कमाउनेमा नेपाल लाइफ र एलआईसी नेपाल कम्पनी हुन् । नाफा घट्नेमा सूर्य ज्योति लाइफ, मेट लाइफ, नेसनल लाइफ, एसियन लाइफ र राष्ट्रिय बिमा संस्थान छन् ।
नाफा बढ्ने कम्पनीमा हिमालयन लाइफ, सन् नेपाल, प्रभु महालक्ष्मी, रिलायबल नेपाल, आइएमई प्रुडेन्सियल, सानिमा र सिटिजन लाईफ रहेका छन् ।
बिमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्थाअनुसार हिमालयन लाइफको नाफा ४२.५ प्रतिशतले बढेर ५८ करोड १३ लाख २४ हजार रुपैयाँ पुगेको छ । यस्तै सन् नेपाल लाइफको नाफा १६३.९९ प्रतिशतले बढेर ५६ करोड ६५ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

यस्तै प्रभु महालक्ष्मी लाइफको नाफा ४४.६६ प्रतिशतले बढेर १० करोड ५० लाख ८४ हजार, रिलायबल नेपालको नाफा ५७.२७ प्रतिशतले बढेर ४३ करोड २२ लाख ९९ हजार, आइएमई लाइफको नाफा ८७.१७ प्रतिशतले बढेर २४ करोड ८ लाख १३ हजार, सानिमा रिलायन्स लाइफको नाफा ३७.८८ प्रतिशतले बढेर २१ करोड ९३ लाख ८७ हजार रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशतले बढेर २० करोड ११ लाख २८ हजार पुगेको छ ।
बिमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार सूर्यज्योती लाइफको नाफा ३६.११ प्रतिशतले घटेर २९ करोड ४० लाख ९६ हजार, मेट लाइफको नाफा ३९.६५ प्रतिशतले घटेर ३५ करोड ९९ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
नेसनल लाइइफको नाफा ५०.६८ प्रतिशतले घटेर ३६ करोड ४५ लाख ७४ हजार, एशियन लाइफको नाफा १७.६८ प्रतिशतले घटेर २४ करोड ६ हजार र राष्ट्रिय बिमा संस्थानको नाफा २.०७ प्रतिशतले घटेर ७ करोड २ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा नोक्सामा रहेको एलआईसी नेपालको नाफा १२ करोड ४६ लाख ७० हजार र नेपाल लाइफको ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।