logo

ब्रोकर निलम्बन अवधि नलम्ब्याउन धितोपत्र ब्रोकर एसोसिएसन नेपालको माग

    748   पटक पढिएको



५ भदौ/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डसँग धितोपत्र ब्रोकर एसोसिएसन नेपालले ब्रोकर निलम्बनको अवधि नलम्ब्याउन माग गरेको छ ।
मंगलबार धितोपत्र ब्रोकर एसोसिएसनले बोर्ड अध्यक्ष रमेश हमाललाई ज्ञापन पत्र पेश गर्दै एसोसिएसनले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावलीको ब्रोकर निलम्बन सम्बन्धी व्यवस्था संशोधन गर्न माग गरेको हो ।

धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली २०७९ मा विनियम २७ को उपविनियम ३ मा ब्रोकरहरुलाई हाल ३ दिन निलम्बन गर्ने व्यवस्था छ । तर, यस्तो व्यवस्था संशोधन गरी ३ दिनदेखि १५ दिन बनाउने कार्यबाट ब्रोकरहरु ठूलो मार्कामा पर्ने भन्दै एसोसिएसनले यस्तो माग गरेको हो ।
यसरी १५ दिनसम्म निलम्बनमा पर्दा त्यसमा आबद्ध लगानीकर्ताहरुलाई यसबाट ठूलो मर्का पर्ने देखिएको बताउँदै एसोसिएसनले ज्ञापनपत्रमा भनेको छ, ‘सो व्यवस्थालाई खारेज गरी कम्पनी वा कम्पनीका पदाधिकारीहरुलाई नगद जरिवाना गर्ने व्यवस्था लागू गर्न माग गर्दछौं ।’

एसोसिएसनले सदस्य दलाल कम्पनीमा आबद्धहरुले आफ्नो तथा परिवारको नाउँमा सेयर कारोबार गर्नुपूर्व नेप्सेबाट पूर्व स्वीकृति लिएर मात्रै कारोबार गर्ने व्यवस्था विनियमको अनुसूची ९ मा आचार संहिता बुँदा १० र ११ बनाई लागू गर्न खोजिएको देखिएको भन्दै यसलाई पूर्ण रुपमा खारेजी गर्न पनि माग गरिएको एसोसियसनका अध्यक्ष सागर ढकालले बताए । उनले एसोसिएसनको सो मागप्रति बोर्ड अध्यक्ष सकारात्मक रहेको बताए ।
यसैगरी, सदस्य दलाल कम्पनीका सेयरधनी, कर्मचारी तथा परिवारहरुलाई आफ्नै कम्पनीबाट मात्रै कारोबार गर्ने व्यवस्था मिलाउन पनि एसोसिएसनले माग गरेको छ । यस्तो कार्यले नियामक निकायहरुलाई समेत नियमन तथा सुपरिवेक्षणकार्यमा सहयोग पुग्ने एसोसिएसनको दाबी छ ।

त्यैगरी, एसोसिएसनले लगानीकर्ताहरु क्लोज आउटको मारमा परी २० प्रतिशत जरिवाना भुक्तान गर्नुपर्ने बाध्यतामा रहेको भन्दै क्लोज आउटको समस्यालाई निराकरण गर्न नियमित बजार अवधिपछि न्यूनतम ३० मिनेटको अक्सनमार्केट सञ्चालन गर्न पनि माग गरेको छ ।
एसोसियसनका अध्यक्ष सागर ढकालद्धारा मंगलबार जारि विज्ञप्तिमा हाल धितोपत्र बोर्डबाट लागू भएको २ वटा डिम्याट खाता सम्बन्धी निर्देशन पनि खारेजी हुनु पर्ने,जोखिम व्यवस्थापनको अपरिहार्य औजारको रुपमा रहने डिम्याट खातालाई लगानीकर्ताहरुको आवश्यकता अनुसार खुला छोड्न माग गरिएको उल्लेख छ ।
बोर्डले हाल सञ्चलानमा रहेको ब्रोकर कमिसनलाई अध्ययन गरिरहेकोप्रति पनि एसोसिएसनले सुझाव दिएको छ । लगानीकर्ताहरुले ब्रोकरको माध्यमबाट विभिन्न नियामक निकायहरुलाई भुक्तान गरिरहेको कमिसनलाई ब्रोकरको कमिसनबाट अलग्गै राखेर ग्राहकहरुको बिलमै कुन निकायलाई के कति कमिसन वा शुल्क लागू गर्ने हो सो सम्बन्धी व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै गरेर लगानीकर्ताहरुले स्वदेश वा विदेशबाट डिम्याट खाता तथा कारोबार खाता खोल्ने क्रममा भिडियो केवाईसीबाट समेत खाता खोल्न पाउने व्यवस्था लागू गर्न,राष्ट्रिय परिचयपत्रको केवाईसीलाई धितोपत्र बोर्डको अनुमतिमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सुरु गरेको सेन्ट्रल केवाईसीमा आबद्धता गराउन पहल गर्न पनि माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।