logo

दोहोरो अंकले घट्यो नेप्से

    699   पटक पढिएको


४ भदौ/अर्थ र व्यापार – सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से यसरी घट्दा २ हजारको विन्दुबाट तल झरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा १९९८.२८ को विन्दुमा बन्द भएको छ ।
सोही अवस्थाकै कारण नेप्से २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको हो । यसअघि २९ जेठमा १९८६.४४ को विन्दुमा बन्द भएको नेप्से ४ भदौ सोमबार २०० को विन्दुबाट तल झरेको छ । यसबीचमा नेप्से ७ साउनमा २२२७.१६ को बिन्दुसम्म पुगेको ओरोला लागेको हो ।
मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएपनि ५० लाखसममको मात्रै जोखिम भार घटेपनि निराश बनेका लगानीकर्ताले गत १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकहरुले थप वृद्धि गरेपछि थप निराश बन्दा नेप्से घटेको हो ।

सोमबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक १.४० प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.३३ प्रतिशत, व्यापार उपसूचक १.१७ प्रतिशत र उत्पादनमूलक उपसूचक १.०७ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.३५ प्रतिशतले गिरावट भएको हो ।
अहिले नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । सोमबार लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम डेढ अर्बबाट तल झरेको छ । २ अर्ब माथिको कारोबार भइरहेको बजारमा गत बुधबारदेखि कारोबार रकम १ अर्बमा झरेको छ ।
लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो । गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँमा झरेको थियो ।

सोमबार थप घटेर १ अर्ब ४० करोड ९० लाखमा झरेको छ । सोमबार नेप्सेमा कुल ३९ हजार ४२५ वटा कारोबारमा ४१ लाख ६३ हजार ८७२ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
सोमबार नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक ८ करोड २ लाखको कारोबार हुँदा आईएमई लाइफको ५ करोड ८४ लाख र सोल्टी होटलको ५ करोड ७९ लाखको कारोबार भएको छ।
सोमबार नेप्सेमा कुल २२६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ४८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको स्थिर छ र सोमबार नेप्सेमा कारोबार भएकामध्ये लक्ष्मी लघुवित्त र कुथेली बुखारी स्मल हाइड्रोपवारको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपवारको सेयर नेप्सेमा सूचीकृत भएर सोमबारदेखि मात्रै दोस्रो बजारमा कारोबार सुरु भएको हो । यसैगरी, सामलिङ पावर कम्पनीको सेयरमूल्य ५.१८ प्रतिशतले बढेको छ ।
मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयरमूल्य ७.९९ प्रतिशतले गिरावट हुँदा हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य ५.७७ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।