logo

हिमालयन र सनी सेक्युरिटिजले पाए पूर्ण कार्य गर्ने ब्रोकर अनुमति,नयाँ ब्रोकरको संख्या ३७ पुग्यो

    684   पटक पढिएको

१ भदौ/अर्थ र व्यापार – हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिजले पुर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमतिपत्र प्राप्त गरेका छन् । धितोपत्र बोर्डले बिहीबार थप ५ वटा ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गरेको हो ।
बोर्डको निर्णय अनुसार बिहीबार सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनि सेक्युरिटिजले अनुमति पाएका हुन् । सजिलो, रोडसो र बेनीले सिमित कार्य गर्ने धितोपत्र दलाल अनुमतिपत्र प्राप्त गरेका हुन् ।
धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिने ४५ मध्ये ४३ वटालाई लाइसेन्स दिने निर्णय गरेको थियो । यसरी लाइसेन्स पाउने प्रारम्भिक अनुमति पाएकाले सम्पुर्ण प्रक्रिया पुरा गरेर क्रमश ब्रोकर लाइसेन्स लिइरहेका छन् ।
पुर्ण कार्य गर्ने ब्रोकरको न्युनतम चुक्ता पूँजी ६० करोड रुपैयाँ तोकिएको छ । सिमित कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि न्युनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकिएको छ ।
यसैगरी, पुर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि ६० करोड रुपैयाँ तोकिएको छ । धितोपत्र व्यापारीको लागि भने एक अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
सिमित कार्य गर्ने ब्रोकरले लाइसेन्सका लागि निवेदन दिदा ५० हजार रुपैयाँ, अनुमतिपत्र दस्तु बापत २५ लाख रुपैयाँ र वार्षिक शुल्क बापत एक लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ । त्यस्तै, पुर्ण कार्य गर्ने ब्रोकरहरुले लाइसेन्सका लागि आवेदन दिदा एक लाख रुपैयाँ, अनुमतिपत्र दस्तुर बापत ५० लाख रुपैयाँ र वार्षिक शुल्क तीन लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ ।
त्यस्तै, धितोपत्र व्यापारीको हकमा निवेदन दस्तुर २ लाख, अनुमतिपत्र दस्तुर एककरोड रुपैयाँ र वार्षिक शुल्क ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ । प्रतिलिपि शुल्क भने २५ हजार रुपैयाँ तिर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।