 
                                                                   
३२ साउन/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, आज भने बढेर बन्द भएको हो।
बिहिबार नेप्से परिसूचक ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ इण्डेक्स ०.४७ अंकले बढेको छ।
यसदिन कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ।कम्पनीको १३ करोड ७१ लाख बढीको सेयर कारोबार भएको छ।
त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्सको ७ करोड ७९ लाख, घोराही सिमेन्टको ५ करोड १६ लाख, शिवम् सिमेन्टको ४ करोड ४२ लाख र हिमालयन डिस्टिलरीको ३ करोड २१ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ।
बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ६७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २७१ कम्पनीको ४३ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको १३५ कम्पनकिो सेयर मूल्य बढेको छ । ७८ कम्पनकिो घटेको छ । भने १२ कम्पनकिो सेयर मूल्य स्थिर छ ।
यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन लिबर्टी इनर्जीको सेयर मूल्य ९.७४ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको लिबर्टी इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ७.४३ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन २ प्रतिशत बढेको छ। 
अन्य उपसमूहका परिसूचकको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.२३ प्रतिशत घटेको छ।
तपाईको प्रतिक्रिया