logo

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार

    787   पटक पढिएको


३२ साउन/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, आज भने बढेर बन्द भएको हो।
बिहिबार नेप्से परिसूचक ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ इण्डेक्स ०.४७ अंकले बढेको छ।

यसदिन कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ।कम्पनीको १३ करोड ७१ लाख बढीको सेयर कारोबार भएको छ।
त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्सको ७ करोड ७९ लाख, घोराही सिमेन्टको ५ करोड १६ लाख, शिवम् सिमेन्टको ४ करोड ४२ लाख र हिमालयन डिस्टिलरीको ३ करोड २१ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ।

बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ६७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २७१ कम्पनीको ४३ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको १३५ कम्पनकिो सेयर मूल्य बढेको छ । ७८ कम्पनकिो घटेको छ । भने १२ कम्पनकिो सेयर मूल्य स्थिर छ ।

यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन लिबर्टी इनर्जीको सेयर मूल्य ९.७४ प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको लिबर्टी इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ७.४३ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन २ प्रतिशत बढेको छ।
अन्य उपसमूहका परिसूचकको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.२३ प्रतिशत घटेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।