logo

नेप्से २०.३१ अंकले घट्यो,१ अर्ब ६७ करोडको कारोबार

    551   पटक पढिएको

३१ साउन/अर्थ र व्यापार– सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २०.३१ अंकले गिरावट हुँदा २०२५.१२ को बिन्दुमा बनन्द भएको छ ।
साउनमा घटेको निक्षेपको ब्याजदर १ भदौदेखि पुन बढ्नसक्ने चर्चाले सेयर बजार प्रभावित बनेको छ । साउनदेखि निक्षेपको बयाज दरमा हुँदै आएको भद्र सहमति खारेज भएर बैंकहरुले आफैं ब्याजदर तय गरेका थिए ।
साउनमा केही बैंकले निक्षेपको ब्याजदर घटाउँदा केही बैंकले स्थिर र केही बैंकले बढाएका थिए । ब्याजदर घटाएका बैंकको निक्षेप घटेपछि १ भदौदेखि निक्षेपको ब्याजदर बढाउनसक्ने चर्चा हुँदा सेयर बजार लगातार तेस्रो दिन पनि घटेको हो ।
२९ साउनमा एकल अंकको सामान्य गिरावट भएको नेप्से मंगलबार ३१.८० अंकको गिरावट भएको थियो । बुधबार लगातार तेस्रो दिन पनि नेप्से घटेको हो ।
बैंकहरुले १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ ।

ब्याज बढ्नसक्ने त्रासमा केही नाफामा रहेको लगानीकर्ताले सेयर बेच्न खोज्ने तर खरिद गर्न चाहने लगानीकर्ताको मनोबल कमजोर भएर पर्खन खोज्दा नेप्सेमा गिरावट भएको हो ।
बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक १.८५ प्रतिशतले गिरावट हुँदा उत्पादनमुलक उपसूचक १.५८ प्रतिशतले गिरावट भएको छ । वित्त कम्पनी, लघुवित्त, म्यचुअल फण्ड अन्य र व्यापार उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । बैंकिङ उपसूचक ०.७३ प्रतिशतले गिरावट भएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । लगातार २ अर्ब माथिको कारोबार भइरहेको बजारमा बुधबार कारोबार रकम घटेर १ अर्ब ६८ करोडमा झरेको छ । ४५ हजार १६७ वटा कारोबारमा ४८ लाख ३८ हजार १०६ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
जसमध्ये हिमालयन डिस्टिलरीको ८ करोड ४२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख र आईएमई लाइफको ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ३४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको स्थिर छ । यस नेप्सेमा कारोबार भएकामध्ये सूचीकृत कम्पनीमा बलेफी हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले वृद्धि हुँदा स्वरोजगार लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशतले बढेको छ ।
यस्तै सन्राइज फोकस इक्वीटी फण्डको इकाइमूल्य ४ प्रतिशतले बढेको छ । यता माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ८.०६ प्रतिशतले गिरावट हुँदा स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ८.०३ प्रतिशत र धौलागिरी लघुवित्तको सेयुरमूल्य ७.८९ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।