logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से ३१.८० अंकले घट्यो

    906   पटक पढिएको


३० साउन/अर्थ र व्यापार – साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
मंगलबार ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा आएको छ । यो १.५३ अंकको गिरावट हो । आज म्यूचअल फण्डबाहेक सबै उपसूचक घटेको छ । यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २७८ धितोपत्रको ६१ हजार ३४१ कारोबारबाट ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ । नेपाल बैंक डिभेन्चर, सिक्लेस हाइड्रोपावर, नविल ग्रोथ फण्डसहितका धितोपत्रको आज मूल्य बढेको छ ।

हिमालयन डिष्टिलरीका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् । यसको मूल्य ७.६९ प्रतिशतले घटेर २०१७ रुपैयाँमा झरेको छ । थ्रीस्टार हाइड्रो, मोलुङ हाइड्रो, इन्फिनिटी लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
हिमालयन डिष्टिलरी, शिवम सिमेन्ट, सोल्टी होटेल, आईएमई लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक सहितका धितोपत्रको बढी कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।