logo

नेपाल लाइफको नाफासँगै प्रति सेयर आम्दानी वृद्धि

    590   पटक पढिएको


२८ साउन/अर्थ र व्यापार – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमा शुल्क आर्जन बढेपछि नाफासँगै प्रति सेयर आम्दानी पनि बढेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको चौथो त्रैमाससम्म खुद नाफाबापत ६७ करोड ४४ लाख आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष कम्पनी ३५ करोड २७ लाख नोक्सानीमा थियो। इन्स्योरेन्सले ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६९ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले खुद बीमा शुल्क ३४ अर्ब ९८ करोड ८२ लाख आर्जन गरेको थियो। नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ।

असार मसान्तसम्मको वित्तीय विवरण अनुसार हाल कम्पनीको प्रतिसेयर आम्दानी ८.२२ रुपैयाँ छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ४.३० रुपैयाँ ऋणात्मक थियो।

यस्तै हाल कम्पनीको प्रति सेयर नेटवर्थ ११८.८४ रुपैयाँ छ। यस्तै हाल सम्म यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ छ। जगेडा कोषमा ६४ करोड ९७ लाख रुपैयाँ सञ्चित छ भने जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ।

यस्तै महाविपत्ति कोष जगेडामा ८९ करोड ६६ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्म कम्पनीको नगद तथा बैंक मौज्दातमा १६ करोड ७४ लाख छ। अल्पकालीन लगानी तथा कर्जा ८ अर्ब २१ करोड छ भने दाबी भुक्तानी १५ अर्ब ४३ करोड ४३ लाख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।