logo

बजारलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई सुसूचित बनाउनु आवश्यक : अध्यक्ष हमाल

    641   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सर्वसाधारणलाई जारी गरिने सेयरमा १० कित्ते नीति लागू गर्दा लगानीकर्ता फस्ने काम भएको बताएका छन् । नयाँ स्टक ब्रोकर कम्पनीहरुको स्वागत एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दश कित्ते नीतिका कारण अन्य लगानीकर्ताहरु फस्ने काम भएको बताएका हुन् ।

उनले सेयर बजार सम्बन्धी कुनै जानकारी नभएका व्यक्ति दोस्रो बजारमा छिर्दा पनि अन्य लगानीकर्ताहरू फस्ने काम भएको बताएका छन् । अबका दिनमा ब्रोकरले बजारलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई सुसूचित बनाउने काम गर्नु पर्ने उनले वताए । कार्यक्रममा नयाँ स्टक ब्रोकर कम्पनीहरुलाई स्वागत गर्दै उनले स्वस्थ प्रतिस्पर्धी कारोबारमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा नयाँ धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले नेपालको वित्त नीति र मौद्रिक नीतिले बजारका माग सम्बोधन नगर्दा लामो समयदेखि सेयर बजारमा गिरावट आएको बताए । यसैका कारण लगानीकर्ताको मनोबल घटेको समेत उनले बताए । सेवोन लगायत नियामक निकायहरूले लगानीकर्तामैत्री वातावरण बनाउन जरूरी रहेको उनको भनाई थियो ।

डिम्याट खातालाई आधार मान्ने हो भने अहिले ५६ लाख बढी लगानीकर्ता सेयर बजारमा आबद्व छन । तर सरकार र राष्ट्र बैंकले सेयर बजार विरोधी नीतिहरू अबलम्वन गर्दा लगानीकर्ताको बजारप्रतिको विश्वास गुमेको अध्यक्ष ढकालले वताए । उनले अबका दिनमा सेयर बजारमैत्री वातावरण निर्माण गरि लगानीकर्ताको मनोवल उकास्नुपर्नेमा जोड दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।