logo

बजारलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई सुसूचित बनाउनु आवश्यक : अध्यक्ष हमाल

    903   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सर्वसाधारणलाई जारी गरिने सेयरमा १० कित्ते नीति लागू गर्दा लगानीकर्ता फस्ने काम भएको बताएका छन् । नयाँ स्टक ब्रोकर कम्पनीहरुको स्वागत एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दश कित्ते नीतिका कारण अन्य लगानीकर्ताहरु फस्ने काम भएको बताएका हुन् ।

उनले सेयर बजार सम्बन्धी कुनै जानकारी नभएका व्यक्ति दोस्रो बजारमा छिर्दा पनि अन्य लगानीकर्ताहरू फस्ने काम भएको बताएका छन् । अबका दिनमा ब्रोकरले बजारलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई सुसूचित बनाउने काम गर्नु पर्ने उनले वताए । कार्यक्रममा नयाँ स्टक ब्रोकर कम्पनीहरुलाई स्वागत गर्दै उनले स्वस्थ प्रतिस्पर्धी कारोबारमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा नयाँ धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले नेपालको वित्त नीति र मौद्रिक नीतिले बजारका माग सम्बोधन नगर्दा लामो समयदेखि सेयर बजारमा गिरावट आएको बताए । यसैका कारण लगानीकर्ताको मनोबल घटेको समेत उनले बताए । सेवोन लगायत नियामक निकायहरूले लगानीकर्तामैत्री वातावरण बनाउन जरूरी रहेको उनको भनाई थियो ।

डिम्याट खातालाई आधार मान्ने हो भने अहिले ५६ लाख बढी लगानीकर्ता सेयर बजारमा आबद्व छन । तर सरकार र राष्ट्र बैंकले सेयर बजार विरोधी नीतिहरू अबलम्वन गर्दा लगानीकर्ताको बजारप्रतिको विश्वास गुमेको अध्यक्ष ढकालले वताए । उनले अबका दिनमा सेयर बजारमैत्री वातावरण निर्माण गरि लगानीकर्ताको मनोवल उकास्नुपर्नेमा जोड दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।