logo

बल्ल सुधारियो बजार, सेयर बजारमा हरियालीे

    670   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार – मौद्रिक नीति सार्वजनिक बएदेखि लगातार घटेको सेयर बजारमा बुधबार बल्ल दोहोरो अंकको सुधार देखिएको छ ।
कारोबारको सुरुदेखि नै उतार चढाब देखिएको बजारमा अन्तिम एक घन्टामा सुधार देखिएको छ । अन्तिम एक घन्टामा देखिएको सुधारले बजारमा ४१.०६ अंकको बढोत्तरी देखिएको छ ।
बजार मापन गर्ने नेप्से सूचक ४१.०६ अंकले बढेर परिसूचक २०६०.९१ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबार बजारमा ६० अंकको उतार चढाब रह्यो ।
२६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
बैंकिङ समूहको १२.९१, विकास बैंक ९४.८५, वित्त ५८.६४, होटल १८८.५०, जलविद्युत ६२.४१, जीवन बिमा ३४६.७४, उत्पादन तथा प्रशोधन ८५.८७, माइक्रोफाइनान्स ५२.२३, निर्जीबन बीमा समूहको उपसूचक ३१०.५२ अंकले बढेको छ ।
कारोबारमा हिमालयन लघुवित्त वित्तीय संस्था, सुपरमादी हाईड्रोपावर, मनकामना स्मार्ट लघुवित्त वित्तीइ संस्था, मदाङकिनी हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १५ करोड ५० लाख २६ हजार २०२ रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र नेपाल रिपब्लिक मिडिया रहेको छ । कारोबारमा २०० कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटाको घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।