logo

अधिकांश उपसूचक बढेपनि बैंकिङ उपसूचक ओरालो लागेसँगै नेप्से घट्यो, नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो

    583   पटक पढिएको


२२ साउन/अर्थ र व्यापार – सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । ७ साउनमा मौद्रिक नीति आएपछि ८ साउनदेखि घट्न लागेको नेप्सेमा करिब १७९ अंकको गिरावट भएको छ । ७ साउनमा ६३ अंकले बढेर एक वर्षयताकै उच्च २२२७.१६ को विन्दुमा पुगेको नेप्से ८ साउनदेखि लगातार ५ कारोबार दिन गिरावट भयो । त्यसपछि १५ साउनमा एकल अंककको सामान्य वृद्धि भएपनि १६ साउनमा पुनः घटेर १७ र १८ साउनमा सामान्य बढेको थियो ।

आइतबार बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेपछि सेयर बजार झनै ओरालो लागेको छ । आइतबार नै ३८.३७ अंकले गिरावट भएको नेप्से सोमबार पनि ३.२१ अंकले गिरावट हुँदा २०४८.२६ को विन्दुमा बन्द भएको छ ।

सोमबार नेप्सेमा बैंकिङ, हाइड्रोपावर, अन्य र लगानी बाहेकको ९ वटा सूचक बढेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा गिरावट भएको हो । वाणिज्य बैंकको खराब वित्तीय विवरणले वाणिज्य बैंकहरुको बैंकिङ उपसूचकमा गिरावट भएको हो । बैंकिङ उपसूचक सर्वाधिक ०.९४ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचक ०.३६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३३ प्रतिशतले गिरावट भएको छ ।
यसैगरि, वित्त कम्पनी उपसूचक १.६५ प्रतिशतले वृद्धि हुँदा विकास बैंक र होटल तथा पर्यटन उपसूचक१.४१ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएको छ । नेप्सेमा सूचीकृत भएर आइतबार मात्रै कारोबार सुरु भएको आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयर कारोबार उच्च हुँदा नेप्सेमा कारोबार बढेको छ ।
सोमबार १ लाख १ हजार २३६ वटा कारोबारमा ६६ लाख ४७ हजार १४३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २१ अर्ब ३३ करोड ३६ लाखको कारोबार भएको छ । जसमध्ये आईएमई लाइफको सर्वाधिक ४३ करोड ६४ लाख र नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख १९ हजारको कारोबार भएको छ । नयाँ सूचीकृत कम्पनीको सेयर बिक्रीको चाप बढेसँगै यी कम्पनीको उच्च कारोबार भएको छ भने नेप्सेमा कुल कारोबार संख्या पनि बढेको छ ।

यस्तै सोल्टी होटलको सेयर पनि ७ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै १०० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ । नेप्सेमा सूचीकृत भएर आइतबार कारोबार सुरु भएको नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.२५ प्रतिशतले बढेको छ ।

छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ६.४५ प्रतिशतले गिरावट हुँदा, पिपुल्स पावर कम्पनीको सेयरमूल्य ४.६२ प्रतिशत र विजय लघुवित्तको सेयरमूल्य ४.४८ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।