logo

अधिकांश उपसूचक बढेपनि बैंकिङ उपसूचक ओरालो लागेसँगै नेप्से घट्यो, नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो

    927   पटक पढिएको


२२ साउन/अर्थ र व्यापार – सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । ७ साउनमा मौद्रिक नीति आएपछि ८ साउनदेखि घट्न लागेको नेप्सेमा करिब १७९ अंकको गिरावट भएको छ । ७ साउनमा ६३ अंकले बढेर एक वर्षयताकै उच्च २२२७.१६ को विन्दुमा पुगेको नेप्से ८ साउनदेखि लगातार ५ कारोबार दिन गिरावट भयो । त्यसपछि १५ साउनमा एकल अंककको सामान्य वृद्धि भएपनि १६ साउनमा पुनः घटेर १७ र १८ साउनमा सामान्य बढेको थियो ।

आइतबार बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेपछि सेयर बजार झनै ओरालो लागेको छ । आइतबार नै ३८.३७ अंकले गिरावट भएको नेप्से सोमबार पनि ३.२१ अंकले गिरावट हुँदा २०४८.२६ को विन्दुमा बन्द भएको छ ।

सोमबार नेप्सेमा बैंकिङ, हाइड्रोपावर, अन्य र लगानी बाहेकको ९ वटा सूचक बढेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा गिरावट भएको हो । वाणिज्य बैंकको खराब वित्तीय विवरणले वाणिज्य बैंकहरुको बैंकिङ उपसूचकमा गिरावट भएको हो । बैंकिङ उपसूचक सर्वाधिक ०.९४ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचक ०.३६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३३ प्रतिशतले गिरावट भएको छ ।
यसैगरि, वित्त कम्पनी उपसूचक १.६५ प्रतिशतले वृद्धि हुँदा विकास बैंक र होटल तथा पर्यटन उपसूचक१.४१ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएको छ । नेप्सेमा सूचीकृत भएर आइतबार मात्रै कारोबार सुरु भएको आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयर कारोबार उच्च हुँदा नेप्सेमा कारोबार बढेको छ ।
सोमबार १ लाख १ हजार २३६ वटा कारोबारमा ६६ लाख ४७ हजार १४३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २१ अर्ब ३३ करोड ३६ लाखको कारोबार भएको छ । जसमध्ये आईएमई लाइफको सर्वाधिक ४३ करोड ६४ लाख र नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख १९ हजारको कारोबार भएको छ । नयाँ सूचीकृत कम्पनीको सेयर बिक्रीको चाप बढेसँगै यी कम्पनीको उच्च कारोबार भएको छ भने नेप्सेमा कुल कारोबार संख्या पनि बढेको छ ।

यस्तै सोल्टी होटलको सेयर पनि ७ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै १०० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ । नेप्सेमा सूचीकृत भएर आइतबार कारोबार सुरु भएको नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.२५ प्रतिशतले बढेको छ ।

छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ६.४५ प्रतिशतले गिरावट हुँदा, पिपुल्स पावर कम्पनीको सेयरमूल्य ४.६२ प्रतिशत र विजय लघुवित्तको सेयरमूल्य ४.४८ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।