logo

मौद्रिक नीतिपछि १२७ अंकले घट्यो नेप्से

    1002   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार – मौद्रिक नीतिपछिको लगातार पाँचौ दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएको थियो । जसको प्रभावले गत आइतबार नेप्से ६३.२४ अंकले बढेर पछिल्लो एक वर्ष यताकै उच्च विन्दु २२२७.१६ बन्द भएको थियो ।
तर, सोही दिन आयोजित पत्रकार सम्मलेनमा गभर्नर महाप्रसाद अधिकारीले सबै सेयर धितो कर्जामा नभई ५० लाख रुपैयाँसम्मको जोखिम भार १०० प्रतिशतमा झार्ने बताएका थिए । त्यसअघि २५ लाखसम्मको कर्जामा १०० प्रतिशत जोखिम भार रहेको थियो। ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशतमा झार्ने विषयलाई राष्ट्रबैंकले एकीकृत निर्देशिकामा पनि ल्याइसकेको छ ।
त्यसपछि सोमबारबाट नै नेप्से घट्न सुरु हुँदा ५ दिनमा नेप्सेमा करिब १२७ अंकको गिरावट भएको हो ।
यो साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से २६.१४ अंकले गिरावट भएर २१००.३४ को बिन्दुमा बन्द भएको छ । इन्ट्रा–डे कारोबारमा ४७.१७ अंकको गिरावट हुँदा नेप्से २०९१.५० को विन्दुसम्म झरेपछि अन्तिम समयमा केही सुधारसहित २१०० भन्दा माथि बन्द भएको हो ।

आइतबार नेप्सेमा म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक २.३२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०८ प्रतिशत र व्यापार उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । यता म्युचुअल फण्ड उपसूचक ०.३२ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा गिरावट सुरु भएसँगै कारोबार रकम पनि घटेको छ । गत आइतबार र सोमबार ४ अर्ब नाघेको कारोबार रकम मंगलबारबाट ३ अर्ब भन्दा तल भरेको थियो । आइतबार पनि नेप्सेमा ४६ हजार ३२७ वटा कारोबारमा ६८ लाख ६० हजार ४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ५० करोड २९ लाखको कारोबार भएको छ ।

त्यसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १४ करोड ७९ लाखको कारोबार हुँदा सोल्टी होटलको ११ करोड ९९ लाख र एभरेष्ट बैंकको १० करोड २१ लाखको कारोबार भएको छ । आइतबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीका सेयर कारोबार भएको छ । त्यसमध्ये १८९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १८ कम्पनीको सेयरमूल्य घटेको छ । १० कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

आइतबार कारोबार भएका कम्पनीमा पिपुल्स पावर कम्पनीको सेयरमुल्य सर्वाधिक ३.५८ प्रतिशतले वृद्धि हुँदा सुपरमाई हाइड्रोपावरको सेयरमूल्य ३.६ प्रतिशतले बढेको छ ।
यता मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ६.७८ प्रतिशतले गिरावट हुँदा अभियान लघुवित्तको सेयरमूल्य ६.५७ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।