logo

मौद्रिक नीति आएपछि नेप्से लगातार घट्यो

    1018   पटक पढिएको

१० साउन/अर्थ र व्यापार – मौद्रिक नीति आएपछिको चौथो कारोबार दिनमा पनि सेयर बजार सूचक नेप्से राताम्ये भएको छ । बुधबार पनि ८ अंक घट्दा नेप्से सूचक पछिल्लो तीन दिनमै ७१ अकं घटिसेकेको छ । सूचक २१५६ विन्दुमा ओर्लिसकेको छ ।
बजारको लय विपरित बुधबार पनि किसान लघुवित्तको सेयर मूल्य ७ प्रतिशत बढेको छ । तर, सर्किट लाग्न भने सकेन। नभए आइतबारदेखि लघुवित्तको सेयरमा निरन्तर पोजिटिभ सर्किट लागिरहेको थियो । आज पनि कारोबारको बिचमा मूल्य लगभग १० प्रतिशत बढिसकेको थियो।
किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तले मंगलबार मर्जरमा जाने सम्झौता गरेका छन्। उक्त सूचनाले नै पछिल्ला दिनयता कम्पनीको सेयर मूल्य उल्लेख्य रुपमा बढ्दैछ। पछिल्लो तीन दिनमा किसान लघुवित्तले २७ प्रतिशतको वृद्धि लिएता पनि जाल्पाको सेयर मूल्य भने १० प्रतिशत खस्किएको छ।
बुधबारको अन्तिम कारोबार अनुसार, किसान लघुवित्त एक हजार २५ रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्त १४ सय ८९ रुपैयाँमा किनबेच भएका छन्। दिनभरमा सबैभन्दा बढ्ने र घट्ने नै यि दुईवटा सेयर हुन्। आज यूनिलिभर नेपालको सेयर मूल्यमा पनि फराकिलो गिरावट देखिएको। २५ सय रुपैयाँले आज मूल्य खसेको छ। यो ६.३३ प्रतिशत हो। ३७ हजारमा कम्पनी अन्तिम पटक किनबेच भएको छ ।
बजार ह्वात्तै घट्न थालेपछि लगानीकर्तामा अन्योल भने बढ्दो छ । जसले गर्दा बजारमा किनबेच केहि सुस्त छ । बुधबार जम्मा २ अर्ब ४३ करोडको सेयर खरिद बिक्री भएको छ । १०० रुपैयाँका दरले बुधबार ग्लोबल आइएमई बैंकको १५ लाख १२ हजार ५३९ कित्ता संस्थापक सेयर किनबेच भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।