logo

सेयर कारोबारमा सुधार,नेप्से ७ महिना यताकै उच्च विन्दुमा

    700   पटक पढिएको

१२ असार/अर्थ र व्यापार – सेयर कारोबारमा सुधार भएर मंगलबार नेप्से ७ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।
लघुवित्त र वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंक (२.६७ प्रतिशत) ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको छ ।

सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको उच्च वृद्धिले उचालिएको नेप्से करिब ७ महिना यताकै उच्च विन्दुमा पुगेको हो । २६ पुस २०७९ मा २१९०.४२ को विन्दुमा बन्द भएको नेप्से घटेर १८०७ सम्म झरी पुन सोही विन्दुमा पुग्न करिब ७ महिना लागेको हो ।
३ असारसम्म लगातार १० कारोबार दिन बढेको नेप्से त्यसपछि ३ कारोबार दिन नेप्सेमा गिरावट भएको थियो । तर, गत बिहीबारदेखि नै बढ्नु सुरु भएको नेप्से पछिल्लो ४ दिन लगातार बढ्दा १३५ अंक भन्दा माथिले वृद्धि भइसकेको छ ।
मंगलबार लघुवित्त उपसूचकमा उच्च वृद्धि हुँदा नेप्सेमा पनि साढे २ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो । लघुवित्त उपसूचक ८.९६ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा कारोबरा भएका ५८ वटै लघुवित्त कम्पनीका सेयरमूल्य बढेको छ ।
जसमध्ये २३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत, १ कम्पनीका ९.९८ प्रतिशत र ३ लघुवित्त कम्पनीको सेयरमूल्य सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि हुँदा कुल ३० लघुवित्र कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ९.९३ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि ४.४४ प्रतिश्तले बढेका छन् । नेप्सेमा उच्च वृद्धि हुँदै गर्दा पनि व्यापार, उत्पादनमूलक र निर्जीवन बीमा कम्पनी उपसूचकमा भने गिरावट भएको छ ।
करिब १८०० अंकको विन्दुबाट नेप्से २२ अंक नजिक पुग्दा पनि लघुवित्त र वाणिज्य बैंकको सेयरमूल्य तुलनात्मक रुपमा न्यून बढेका छन् । अन्य क्षेत्रको तुलनामा सेयरमूल्य कम बढेको क्षेत्रमा मंगलबार लगानीकर्ताको आकर्षण देखिएको हो ।

नेप्सेसँगै पछिल्ला दिनमा कारोबार रकम पनि निरन्तर उच्च देखिएको छ । मंगलबारसम्म लगातार तेस्रो दिन पनि नेप्समो ५ अर्ब भन्दा माथिको सेयर कारोबार भएको छ । मंगलबार ८० हजार ३९८ वटा कारोबारमा १ करोड ३१ लाख ७ हजार ८० कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ४७ करोड ६३ लाखको कारोबार भएको छ ।
जसमध्ये स्वालम्बन लघुवित्तको सर्वाधिक २५ करोड १२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको २२ करोड ६३ लाख र सोल्टी होटलको २२ करोड ४२ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ३४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीका सेयरमूल्य स्थिर छ ।
मंगलबार कारोबार भएकामध्ये ३३ कम्पनीको सेयरमूल्यमा बढेर सकासात्मक सर्किट मूल्यमा बन्द भएका छन् । जसमध्ये ३० वटा लघुवित्त कम्पनी छन् ।
यता सेयरमूल्य घट्नेमा भने सिक्लेस हाइड्रोपावर अगाडि देखिएको छ । कम्पनीका सेयर लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाउँदा राष्ट्रिय बीमा कम्पनीको लगानीकर्ताले २.४९ प्रतिशतले गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।