logo

घोराही सिमेन्टको आईपीओ स्थगित, धितोपत्र बोर्डले अध्ययन गर्ने

    713   पटक पढिएको

४ जेठ/अर्थ र व्यापार – पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक सार्वजनिक निस्कासन (आईपीओ) स्थगित गरेको छ ।
सेयरमा आवेदन दिनका लागि तोकिएको पहिलो चार दिनको समयभित्रै माग गरिएको भन्दा बढी आवेदन परेको अवस्थामा पनि आवेदन संकलनका लागि सूचना जारी गरेको, खातामा पैसा नभएपनि ठूलो संख्यामा आवेदन परेकोलगायत विषयमा अनुसन्धान गर्नका लागि भन्दै बोर्डले आईपीओ स्थगित गरेको हो ।

‘घोराही सिमेन्टको सार्वजनिक निस्कासनमा माग भन्दा बढी कित्ता सेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निस्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै सो कम्पनीको रेटिङ र सार्वजनिक निस्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निस्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ’बोर्डद्धारा जारी सूचनामा उल्लेख छ ।
यसअघि बोर्डले घोराही सिमेन्टको सेयर निस्कासनका लागि रेटिङ गर्ने कम्पनी केयर रेटिङ नेपाललाई पनि पत्राचार गरेर सो कम्पनीले घोराही सिमेन्टको रेटिङ गर्दा स्वार्थ बाझिन्छ कि नाई भन्ने सम्बन्धमा जवाफ मागेको थियो ।

केयर रेटिङ नेपाललाई जवाफ दिनका लागि बोर्डले तीन दिनको समय दिएको थियो । सो समयमा जवाफ नदिएर उल्टै केयर रेटिङ नेपालले जवाफ दिने समय बढाउन बोर्डमा आवेदन दिएको थियो । घोराही सिमेन्ट र केयर रेटिङ नेपाल दुवैमा शंकर ग्रुपको ठूलो लगानी छ । यसरी आफ्नै लगानी रहेको कम्पनीमा रेटिङ गर्दा स्वार्थ बाँझिने भएकाले अर्कै कम्पनीबाट रेटिङ गराउनु पर्ने हुन्छ ।
यो विषय बोर्डले पनि प्रिमियममा सेयर निस्कासनको अनुमति दिने बेलासम्म जानकारी नै पाएन । सो कम्पनीले सेयर जारी गरिसकेपछि मात्र (गत साता) केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।