logo

सेयर बजारमा उछाल, नेप्से बढेर उच्च विन्दुमा

    773   पटक पढिएको


३ असार/अर्थ र व्यापार– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल देखिएको छ । आइतबार ५२.२६ अंकले बढेर बजार सुचक (नेप्से) २०९४.३३ अंकमा उक्लिएको छ।
बजेटमार्फत् सुरु भएको करको विवाद सल्टिएलगत्तै विस्तारै बढेको सेयर बजार आइतबार चार महिना याताकै उच्चतम विन्दुमा पुगेको छ ।
उकालो पदचाप समातेपछि बजारले हालसम्म २५४ अंक जोडिसकेको छ । बढ्दो तरलता र घट्दो ब्याजका कारण लगानीकर्ता सेयर बजारमा आकर्षित छन् । बजार निरन्तर उकालो लागेका कारण नाफा बुक गर्नेहरु पनि उत्तिकै सक्रिय छन् । यद्यपी क्रेता हाबी हुँदा बजारको पछिल्लो वृद्धिमा नेप्से रातो भएर बन्द भएका कारोबार खासै छैनन् ।
अर्कोपट्टी आर्थिक संकुचनले गर्दा अन्य क्षेत्रबाट पनि लगानी सेयर बजारमा आउन थालेको समीक्षकहरुले तर्क गरेका छन् । बजारमा नवप्रवेशीहरुको सक्रिया पनि उत्साहपूर्ण रहेको ब्रोकरहरु बताउँछन्।
विभिन्न क्षेत्र र नयाँ लगानी पनि भित्रिँदा सेयर बजारको कारोबार रकम पनि ह्वात्तै बढेको छ । आइतबार मात्रै ४ अर्ब ८६ करोडको सेयर किनबेच भएको छ । गत बुधबार कारोबार रकम ५ अर्ब नाघेको थियो ।
यसबिच आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीमा राष्ट्र बैंक पनि जुटेको छ । राय सुझाव संकलनका लागि राष्ट्र बैंकले असार १० गतेसम्म म्याद दिएको हो। लगत्तै मौद्रिक नीतिको मस्यौदा तयार गर्न थाल्नेछ । गत वर्षको ६ साउनमा मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
यस पटक पनि साउन पहिलो साता प्रकाशित गर्ने अनुमान छ । जसमा महँगी नियन्त्रण र आर्थिक वृद्धिको लक्ष्य हासिललाई प्राथमिकता दिने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। चौतर्फी रुपमा तरलता बढ्ने देखिएकाले पनि बजारमा चमक देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।