logo

सेयर बजारमा उछाल, नेप्से बढेर उच्च विन्दुमा

    1112   पटक पढिएको


३ असार/अर्थ र व्यापार– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल देखिएको छ । आइतबार ५२.२६ अंकले बढेर बजार सुचक (नेप्से) २०९४.३३ अंकमा उक्लिएको छ।
बजेटमार्फत् सुरु भएको करको विवाद सल्टिएलगत्तै विस्तारै बढेको सेयर बजार आइतबार चार महिना याताकै उच्चतम विन्दुमा पुगेको छ ।
उकालो पदचाप समातेपछि बजारले हालसम्म २५४ अंक जोडिसकेको छ । बढ्दो तरलता र घट्दो ब्याजका कारण लगानीकर्ता सेयर बजारमा आकर्षित छन् । बजार निरन्तर उकालो लागेका कारण नाफा बुक गर्नेहरु पनि उत्तिकै सक्रिय छन् । यद्यपी क्रेता हाबी हुँदा बजारको पछिल्लो वृद्धिमा नेप्से रातो भएर बन्द भएका कारोबार खासै छैनन् ।
अर्कोपट्टी आर्थिक संकुचनले गर्दा अन्य क्षेत्रबाट पनि लगानी सेयर बजारमा आउन थालेको समीक्षकहरुले तर्क गरेका छन् । बजारमा नवप्रवेशीहरुको सक्रिया पनि उत्साहपूर्ण रहेको ब्रोकरहरु बताउँछन्।
विभिन्न क्षेत्र र नयाँ लगानी पनि भित्रिँदा सेयर बजारको कारोबार रकम पनि ह्वात्तै बढेको छ । आइतबार मात्रै ४ अर्ब ८६ करोडको सेयर किनबेच भएको छ । गत बुधबार कारोबार रकम ५ अर्ब नाघेको थियो ।
यसबिच आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीमा राष्ट्र बैंक पनि जुटेको छ । राय सुझाव संकलनका लागि राष्ट्र बैंकले असार १० गतेसम्म म्याद दिएको हो। लगत्तै मौद्रिक नीतिको मस्यौदा तयार गर्न थाल्नेछ । गत वर्षको ६ साउनमा मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
यस पटक पनि साउन पहिलो साता प्रकाशित गर्ने अनुमान छ । जसमा महँगी नियन्त्रण र आर्थिक वृद्धिको लक्ष्य हासिललाई प्राथमिकता दिने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। चौतर्फी रुपमा तरलता बढ्ने देखिएकाले पनि बजारमा चमक देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।