logo

नयाँ स्टक ब्रोकर एसोसिएसनले एमाले अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझायो, ब्रोकर लाईसेन्स खुलाउने पहल गरिदिन आग्रह

    1167   पटक पढिएको


३ असार/अर्थ र व्यापार– नयाँ स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधीले आइतबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । एसोसियसनले अर्थ समितिको निर्देशनपछि रोकिएको नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया खुलाएर तत्काल कारोबार सञ्चालन गर्न सहजिकरण गराउनका लागि पहल गरिदिन पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाएर यस्तो अनुरोध गरेको हो ।
उनीहरुको आग्रहपछि नयाँ स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधीहरूसँग ओलीले रोकिएको ब्रोकर लाईसेन्स खुलाउन आफ्नो पार्टीको ध्यानाकर्षण भएको आश्वासन दिए । ओलीले रोकिएको ब्रोकर लाईसेन्स खुलाउन आफूले सक्दो प्रयास गर्ने बताए ।
अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा अध्ययन गर्ने भन्दै तत्कालका लागि नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गरेको छ । अर्थ समितिको सो निर्देशनपछि ब्रोकर लाईसेन्स पाएका नयाँ सञ्चालकहरू मारमा परेका छन् । कारोबार सुरू गर्न भनेर सबै तयारी पुरा गरिसकेका नयाँ स्टक ब्रोकरहरू यतिबेला तनावमा परेका छन । उनीहरुलाई आफ्नो लगानी धरासायी हुने चिन्ता छ ।
यस्तो अन्योलताकाबीच अहिले नयाँ स्टक ब्रोकर एशोसिएशनका प्रतिनिधीहरु अर्थ समितिको निर्देशनको विरोधमा उत्रिएका छन । उनीहरुले अर्थ समितिको निर्देशन तत्काल खारेज हुनुपर्ने माग गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।