logo

नयाँ स्टक ब्रोकर एसोसिएसनले एमाले अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझायो, ब्रोकर लाईसेन्स खुलाउने पहल गरिदिन आग्रह

    911   पटक पढिएको


३ असार/अर्थ र व्यापार– नयाँ स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधीले आइतबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । एसोसियसनले अर्थ समितिको निर्देशनपछि रोकिएको नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया खुलाएर तत्काल कारोबार सञ्चालन गर्न सहजिकरण गराउनका लागि पहल गरिदिन पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाएर यस्तो अनुरोध गरेको हो ।
उनीहरुको आग्रहपछि नयाँ स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधीहरूसँग ओलीले रोकिएको ब्रोकर लाईसेन्स खुलाउन आफ्नो पार्टीको ध्यानाकर्षण भएको आश्वासन दिए । ओलीले रोकिएको ब्रोकर लाईसेन्स खुलाउन आफूले सक्दो प्रयास गर्ने बताए ।
अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा अध्ययन गर्ने भन्दै तत्कालका लागि नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गरेको छ । अर्थ समितिको सो निर्देशनपछि ब्रोकर लाईसेन्स पाएका नयाँ सञ्चालकहरू मारमा परेका छन् । कारोबार सुरू गर्न भनेर सबै तयारी पुरा गरिसकेका नयाँ स्टक ब्रोकरहरू यतिबेला तनावमा परेका छन । उनीहरुलाई आफ्नो लगानी धरासायी हुने चिन्ता छ ।
यस्तो अन्योलताकाबीच अहिले नयाँ स्टक ब्रोकर एशोसिएशनका प्रतिनिधीहरु अर्थ समितिको निर्देशनको विरोधमा उत्रिएका छन । उनीहरुले अर्थ समितिको निर्देशन तत्काल खारेज हुनुपर्ने माग गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।