logo

नेप्से करिब ७.७९ अंकले बढ्यो

    712   पटक पढिएको

२९ जेठ/अर्थ र व्यापार – सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ७.७९ अंकले वृद्धि हुँदा १९८७.८७ बिन्दुमा बन्द भएको छ । गत साताको मंगलबारदेखि पछिल्लो पाँच कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से ८५.८८ अंकको वृद्धि भएको छ ।

अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमूलक लगायतका उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । सोमबार बैंकिङ उपसूचक ०.२५ प्रतिशतले वृद्धि भएको छ भने उत्पादनमूलक उपसूचक २.०५ प्रतिशतले बढेको छ । यता वित्त कम्पनी उपसूचक ०.९६ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक ०.५० प्रतिशतले गिरावट छ ।

सोमबार समेत लगातार चौथो कारोबार दिन पनि नेप्सेमा वृद्धि भएको हो । लगातार बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्सेमा तिव्र उतारचढाव देखिए पनि अन्तिममा बढेर बन्द भएको हो । नेप्सेको उतारचढवले कारोबार रकम करिब ३ अर्ब नजिक पुगेको छ ।

आइतबार ३ अर्ब ४५ करोडको कारोबार रकम भएको बजारमा सोमबार केही संकुचित भएको भएपनि करिब ३ अर्बको कारोबार भएको हो । सोमबार नेप्सेमा ४९ हजार ९४४ वटा कारोबारमा कुल ७४ लाख ५४ हजार ७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८८ करोड ६५ लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको सेयर सर्वाधिक १५ करोड २९ लाखको कारोबार हुँदा हिमालय डिष्टिलरीको १० करोड ११ लाख र शिवश्री हाइड्रोपावरको ९ करोड ५८ लाखको कारोबार भएको छ ।


सोमबार नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ८९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ । सोमबार कारोबार भएकामध्ये अभियान लघुवित्त र कालिञ्चोक दर्शनको सेयरमूल्य १० प्रतिशत तथा भूगोल इनर्जी डेभलपमेन्ट र सिटी होटलको सेयरमूल्य ९.९९ प्रतिशत बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो । यता प्रभु स्मार्ट फण्डको इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ३.९० प्रतिशत र युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयरमूल्य ३.८० प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।