logo

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    902   पटक पढिएको

२४ जेठ/अर्थ र व्यापार – सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि हुँदा १९३२.३३ अंकको विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएपनि लघुवित्त, हाइड्रेपावर उत्पादनमूलक लगायतका उपसूचक बढ्दा नेप्से सामान्य वृद्धि भएको छ ।

बुधबार म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्याटन उपसूचक ०.४६ प्रतिशत र बैंकिङ उपसूचक गिरावट भएको छ । यता व्यापार उपसूचक सर्वाधिक ४.९७ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक १.२२ प्रतिशत र विकास बैंक उपसूचक १.१४ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । करिब १८०० अंकको विन्दुमा सेयर किनेका लगानीकर्ताले बुधबार नाफा बुक गर्न खोज्दा नेप्सेमा तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि बढेको हो । मंगलबार करिब २ अर्बको कारोबार भएको बजारमा बुधबार बढेर २ अर्ब ३६ करोड ८८ लाखको सेयर कारोबार भएको छ ।
४१ हजार ६१३ वटा कुल कारोबारमा ६५ लाख ४१ हजार ३८८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।

बुधबार कारोबार भएकामध्ये सोल्टी होटलको सर्वाधिक १० करोड १३ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको ८ करोड ९७ लाख र नागरिक लगानी कोषको ६ करोड ९० लाखको सेयर कारोबार भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।