logo

ब्रोकर कार्यालयमा ताला लागाईए पनि बन्द भएन नेप्सेको सिस्टम, कारोबार हुन थाल्यो

    726   पटक पढिएको

२१ जेठ/अर्थ र व्यापार – लगानीकर्ताले टीएमएस बन्द गराउन ब्रोकर कार्यालयमा ताला लाउदै आन्दोलनमा हिड्दा पनि आइतबार नेप्सेको सिस्टम खुलेको छ।
आइतबार ११ः५ बजेसम्म सेयर बजारमा सन्नाटाको अवस्था भए पनि सिस्टम खुल्दा कारोबार हुन सुरु गरेको छ। तर कारोबार एकदमै छिटपुट मात्र छ।
लगानीकर्ताहरु टीएमएस नै बन्द गरेर ५० वटै ब्रोकर कम्पनीहरुमा ताला लाउने अभियानमा हिडेका थिए। ब्रोकरहरुले टीएमएस खोले कार्यालय नै तोडफोड गर्ने धम्कीसम्म लगानीकर्ताहरुले दिएका छन्।

लगानीकर्ताको धम्कीपछि ब्रोकर एसोसिएसनले कारोबार गर्न अस्वीकार गरे पनि नेप्सेको सिस्टम खुल्दा कारोबार हुन सुरु गरेको छ।
आज साढे ११ बजेसम्म ७ कम्पनीको ६० हजार ७२५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार सुरु भए लगत्तै अपर तामाकोशीको कारोबार भएको थियो। त्यसपछ शिवम् सिमेन्ट, नेपाल दुरसंचार कम्पनी लगायतको कारोबार भएको हो।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले नेप्सेले लगानीकर्ताको दबाबमा आफ्नो सिस्टम बन्द गर्न नसक्ने बताए।
‘हामीले प्राविधिक तथा कानुनी रुपमा नै सिस्टम बन्द गर्न मिल्दैन,’ उनले भने,’यहाँबाट बन्द भयो बने जीआइडीसीबाट चल्न सक्छ सिस्टम। अर्को कानुनी कुरा भनेको नेप्सेलाई नियामकको र अदालतको आदेश नभइकन रोक्न मिल्दैन।
शुक्रबार पनि लगानीकर्ताहरु यहाँ आएका थिए। आज पनि आउँछु भनेका छन्। यहाँ आएर स्वीच अफ गर्दैमा सिस्टम अफ हुँदैन।’
नेप्सेले प्राविधिक तथा कानुनी हिसाबले नै सिस्टम बन्द गर्न नसक्ने उनले बताए। यतिन्जेल सम्म नेप्से परिसूचक १.६५ अंकले बढेर १८६८ बिन्दुमा आइपुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।