logo

आन्तरिक राजश्वले पूँजीगत लाभकरबारे प्रष्ट पारेपछि दोहोरो अंकले बढ्यो शेयर कारोबार

    1059   पटक पढिएको


१८ जेठ/अर्थ र व्यापार – पछिल्ला तीन दिन लगातार घटेको शेयर बजार बिहीबार भने दोहोरो अंकले बढेको छ । आज कारोबार रकम पनि बढेर साढे १ अर्ब माथि छ ।
राजश्वले पूँजीगत लाभकरबारे प्रष्ट पारेपछि सेयर कारोवार परिसूचक नेप्से दोहोरो अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बिहीबार बजार १६.५४ अंकले बढेको हो । ०.८९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६६.३४ अंकमा पुगेको छ ।
आज २७२ कम्पनीका ६१ लख २८ हजार ६ सय २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोठ ४६ लाख ४८ हजार ९ सय २२.३४ रुपैयाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार बढेको दिन आज जोशी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.९४ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी सनराइज फोकस्ड इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ६ प्रतिशतले घाटा व्यहोरेका हुन् ।

आज पनि प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । उक्त बैंकको २३ करोड २१ लख ३४ हजार ५ सय ७९ रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आगामी आवको बजेट सार्वजनिक भएको अघिल्लो दिनबाट बजार घट्न थालेको थियो । बजेट सार्वजनिक भएपछि आर्थिक विधेयक २०८० को दफा २९ प्रति लगानीकर्ताहरु सशंकित भएपछि बजार ह्वात्तै घटेको थियो । यसबारेमा आन्तरिक राजश्व कार्यालयले स्पष्ट पारेपछि सेयर बजार आज उकालो लागेको हो ।
साताको पहिलो दिन आइतबार बजार १७.३८ अंकले घट्दा १ अर्ब ५४ करोड ६५ लाख ४१ हजार १९।४० रुपैयाँ , मंगलबार ५३.१६ अंकले बजार घट्दा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८ सय ४४.६१ रुपैयाँ र हिजो बुधबार ३८.८३ अंकले बजार घट्दा २ अर्ब ३१ करोड ५१ लख ६९ हजार ५ सय ७१.९४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार भने गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो । अब लगानीकर्ताबीच बजेटपछिको दुबिदा हटेसँगै विस्तारै सेयर कारोबारमा सुधार भएको देखिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।