logo

सेयर बजारमा बजेटको प्रभाव, लगातार दोस्रो दिन पनि नेप्सेमा ठूलो गिरावट

    940   पटक पढिएको

१७ जेठ/अर्थ र व्यापार – सेयर बजारमा लगातार दोस्रो दिन ठूलो गिरावट आएको छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गरेसँगै बजार घट्न थालेको हो । बुधबार बजारमा ३८.८३ प्रतिशतको गिरावट आएको छ । बजार २.०६ प्रतिशतले घटेको हो ।
मंगलबार समेत बजारमा ठूलो गिरावट आएको थियो । बजेटले सेयर लगानीकर्ताका लागि कर विवरण पेश गर्नुपर्ने नयाँ प्रावधान ल्याएसँगै लगानीकर्ता बिच्किएका छन् । यद्यपि यो प्रावधानले ९९ प्रतिशत लगानीकर्तालाई असर नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

बुधबार सबै उपसूचकहरु राताम्य भए । सबैभन्दा धेरै होटल र पर्यटन, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले गुमाएका छन् । बुधबार २६२ धितोपत्रको ३६ हजार ८९३ वटा कारोबारबाट ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । यसबाट २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।


घट्दो बजारमा समेत आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेको छ । माइखोला हाइड्रो, सिटिजन्स म्युचुअल फण्ड, पिपुल्स पावर फण्डसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । युनिलिभर नेपालको मूल्यमा नकारात्मक सर्किट लागेको छ । एसियन हाइड्रो, यूनिक नेपाल लघुवित्त, दोर्दी खोला जलविद्युतसहितका धितोपत्रको मूल्यमा समेत धेरै गिरावट आएको छ । प्रभु बैंकको प्रमोटर सेयर धेरै कारोबार भयो । शिवम् सिमेन्ट पनि धेरै कारोबार हुनेमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।