logo

युनिलिभरको सेयर मूल्य ६ वर्षयताकै उच्च,सेयर बजारमा बुधबार पनि दोहोरो अंकको वृद्धि

    704   पटक पढिएको

१० जेठ/अर्थ र व्यापार – बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको सेयर मूल्य बुधबार उच्च भएको छ । प्रतिकित्ता २ हजार ७ सय ९० रुपैयाँले बढेर ३० हजार ७ सय ९० पुगेको हो ।
यो युनिलिभरको सेयरका लागि करिब ६ वर्ष यताकै सर्वाधिक उचाइमा पुगेको मूल्य हो। यसअघि २०७४ भदौमा २९ गते सोही मूल्यमा युनिलिभरको सेयर कारोबार भएको थियो । यो कम्पनी नेपाली सेयर बजारमा ब्लुचिपका रूपमा परिचित छ ।
पछिल्लो १० आर्थिक वर्षमा लगानीकर्तालाई ७०० प्रतिशत देखि १२ सय ७० प्रतिशतसम्म नगद लाभांश वितरण गर्दै आएको छ । त्यसैले यसको सेयर लगानीकर्ताको रोजाइमा पर्ने गरेको हो।
यस्तै मौद्रिक नीतिको समीक्षा तथा सरकारको नीति तथा कार्यक्रमले लगानीकर्तालाई निराश बनाए पनि बजेट नजिकिदै गर्दा सेयर बजार सकारात्मक भएको छ।

आज पनि सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ मा आइपुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३.५८ अंकले बढेको छ।

मंगलबार बजार ५१.३२ अंकले बढ्दा २ अर्ब २० करोड बराबरको कारोबार भएको थियो।
आज पनि बजार सकारात्मक हुँदा कारोबार रकम १ अर्ब नाघेको छ। दिनभरको कारोबार अवधिमा २७० वटा सूचीकृत कम्पनीको १ अर्ब ८७ करोड बराबरको कारोबार भएको छ।
साढे १४ करोड बराबरको सेयर किनबेच भएको शिवम् सिमेन्ट कारोबारका आधारमा अग्र स्थानमा छ। यस्तै बुक क्लोजभन्दा अघिल्लो दिन भएकाले नेशनल लाइफ इन्स्योरेनसको पनि सेयर कारोबार बढेको छ। कम्पनीको ७ करोड ७४ लाख बराबरको कारोबार भएको हो।
बजार बढ्दा आत्मानिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै युनिलिभर नेपालको ९.९६ प्रतिशत र शिवमको सेयर मूल्य ६.७६ प्रतिशतले बढेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।