logo

युनिलिभरको सेयर मूल्य ६ वर्षयताकै उच्च,सेयर बजारमा बुधबार पनि दोहोरो अंकको वृद्धि

    980   पटक पढिएको

१० जेठ/अर्थ र व्यापार – बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको सेयर मूल्य बुधबार उच्च भएको छ । प्रतिकित्ता २ हजार ७ सय ९० रुपैयाँले बढेर ३० हजार ७ सय ९० पुगेको हो ।
यो युनिलिभरको सेयरका लागि करिब ६ वर्ष यताकै सर्वाधिक उचाइमा पुगेको मूल्य हो। यसअघि २०७४ भदौमा २९ गते सोही मूल्यमा युनिलिभरको सेयर कारोबार भएको थियो । यो कम्पनी नेपाली सेयर बजारमा ब्लुचिपका रूपमा परिचित छ ।
पछिल्लो १० आर्थिक वर्षमा लगानीकर्तालाई ७०० प्रतिशत देखि १२ सय ७० प्रतिशतसम्म नगद लाभांश वितरण गर्दै आएको छ । त्यसैले यसको सेयर लगानीकर्ताको रोजाइमा पर्ने गरेको हो।
यस्तै मौद्रिक नीतिको समीक्षा तथा सरकारको नीति तथा कार्यक्रमले लगानीकर्तालाई निराश बनाए पनि बजेट नजिकिदै गर्दा सेयर बजार सकारात्मक भएको छ।

आज पनि सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ मा आइपुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३.५८ अंकले बढेको छ।

मंगलबार बजार ५१.३२ अंकले बढ्दा २ अर्ब २० करोड बराबरको कारोबार भएको थियो।
आज पनि बजार सकारात्मक हुँदा कारोबार रकम १ अर्ब नाघेको छ। दिनभरको कारोबार अवधिमा २७० वटा सूचीकृत कम्पनीको १ अर्ब ८७ करोड बराबरको कारोबार भएको छ।
साढे १४ करोड बराबरको सेयर किनबेच भएको शिवम् सिमेन्ट कारोबारका आधारमा अग्र स्थानमा छ। यस्तै बुक क्लोजभन्दा अघिल्लो दिन भएकाले नेशनल लाइफ इन्स्योरेनसको पनि सेयर कारोबार बढेको छ। कम्पनीको ७ करोड ७४ लाख बराबरको कारोबार भएको हो।
बजार बढ्दा आत्मानिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै युनिलिभर नेपालको ९.९६ प्रतिशत र शिवमको सेयर मूल्य ६.७६ प्रतिशतले बढेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।