logo

गठ्ठाघरमा भिजन सेक्युरिटिजले संचालनमा ल्यायो नयाँ शाखा

    647   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार – भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक व्रोकर नं. ३४) ले नियामक निकायहरुवाट अनुमती लिई शेयर वजारको ईतिहासमा भक्तपुर जिल्लामा पहिलो र उपत्यका भित्रको दोश्रो शाखा मध्यपुर ठिमी नगरपालिका –३, गठ्ठाघरमा शाखा स्थापना गरी संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन प्रतिनिभि सभा, संघिय सांसद हरि ढकालले गरेका हुन् ।

सो कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य, मध्यपुर ठिमी नगरपालीकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्णहरि आचार्य लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि, यस कार्यक्रमको सभापतित्व भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले गरेका थिए । कार्यक्रम सञ्चालन प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले गरेका थिए ।
सांसद् ढकालले शेयर कारोवारमा जोखिम रहने र बजार बढ्ने/घट्ने भैरहने हुँदा शेयर किन वा बेच भन्ने जमातको पछि नगानी अध्ययन गरेर मात्र लगानी गर्न, धैर्यता राख्न र क्षमता अनुसारको लगानी गर्न लागानीकर्ताहरुलाई सुझाव दिए ।

शेयर वजारमा हुने उतार–चढाव एक प्रक्रियामा रहने भएकोले अहिलेको अवस्थामा केहि समयलाई होल्ड गर्ने गरि लगानी गरिएमा प्रतिफल राम्रो आउन सक्ने अवस्था रहेको, कम्पनीले शुरुको चरणमा सार्वजनीक निष्कासन जारी गर्दाको समयमा लगानी गर्दा समेत केहि मात्रमा जोखम रहने हुदाँ दोश्रो वजारमा कारोवार गर्दा थप अध्ययन तथा धैर्यताका साथ लगानी गर्नुपर्ने जस्ता विषयमा विशेष अतिथि पुर्ण प्रसाद आचार्यले आफ्ना भनाई राखेका थिए ।
यसैगरि, लगानीकर्ताहरुको डाटाहरुलाई सुरक्षित गर्न सिडिएस तथा क्लियरिङ्ग लि.ले आफ्नो कार्यालय, सिंहदरवार र उपत्यका वाहिर हेटौंडामा गरि तीन स्थानमा डाटा सेन्टरको व्यकअप प्रणाली राखिएको र चार तहको सुरक्षा अवधारण लागु गरेको समेत बताए ।

त्यसैगरि, मध्यपुर ठिमी नगरपालिकाका प्रवक्ता तथा ३ नं. वडाका अध्यक्ष कृष्णहरि आचार्यले भक्तपुरमा शाखा विस्तार गरि शेयर कारोवार सेवा प्रवाह गरेकामा खुशी व्यक्त गर्दै उक्त शाखा तथा भिजन सेक्युरिटिज् प्रा.लि.लाई शुभकामना तथा उत्तरोत्तर प्रगतिको कमना व्यक्त गरे ।
धितोपत्र कारोवारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले मिति २०७९ फाल्गुण ४ गते देखि ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९’ जारी गरि लागु गरे पश्चात निश्चित मापदण्ड पुरा गरेको धितोपत्र व्यवसायीहरुलाई मुख्य कार्यलय नभएको उपत्यका भित्रका जिल्लामा शाखा कार्यालय खोल्न सकिने व्यवस्था गरेको छ ।

पुजीँ वजारको ईतिहासमा ब्रोकर व्यवसाय र यो व्यवसाय गर्ने व्रोकर कम्पनीहरुको शाखा सञ्चालन सम्वन्धी पक्रियाहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.ले उपत्यका भित्रको भक्तपुर जिल्लामा पहिलो शाखा खोल्ने ब्रोकर कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।
ग्राहकहरुले देखाएको उच्च सद्भाव, माया र विश्वासका साथै नियामक निकायहरुवाट प्राप्त सहयोग, सुझाव र मार्गदर्शनवाट नै उपत्यका वाहिर सवै भन्दा धेरै ९ वटा शाखा तथा उपत्यका भित्र ललितपुर र भक्तपुर जिल्लामा समेत शाखा सञ्चालन गर्ने ब्रोकर कम्पनीको रुपमा स्थापित हुन सफल भएकोले यस प्रालिको तर्फवाट सम्वद्ध पक्षहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको सो प्रालिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।