logo

गठ्ठाघरमा भिजन सेक्युरिटिजले संचालनमा ल्यायो नयाँ शाखा

    1063   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार – भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक व्रोकर नं. ३४) ले नियामक निकायहरुवाट अनुमती लिई शेयर वजारको ईतिहासमा भक्तपुर जिल्लामा पहिलो र उपत्यका भित्रको दोश्रो शाखा मध्यपुर ठिमी नगरपालिका –३, गठ्ठाघरमा शाखा स्थापना गरी संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन प्रतिनिभि सभा, संघिय सांसद हरि ढकालले गरेका हुन् ।

सो कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य, मध्यपुर ठिमी नगरपालीकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्णहरि आचार्य लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि, यस कार्यक्रमको सभापतित्व भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले गरेका थिए । कार्यक्रम सञ्चालन प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले गरेका थिए ।
सांसद् ढकालले शेयर कारोवारमा जोखिम रहने र बजार बढ्ने/घट्ने भैरहने हुँदा शेयर किन वा बेच भन्ने जमातको पछि नगानी अध्ययन गरेर मात्र लगानी गर्न, धैर्यता राख्न र क्षमता अनुसारको लगानी गर्न लागानीकर्ताहरुलाई सुझाव दिए ।

शेयर वजारमा हुने उतार–चढाव एक प्रक्रियामा रहने भएकोले अहिलेको अवस्थामा केहि समयलाई होल्ड गर्ने गरि लगानी गरिएमा प्रतिफल राम्रो आउन सक्ने अवस्था रहेको, कम्पनीले शुरुको चरणमा सार्वजनीक निष्कासन जारी गर्दाको समयमा लगानी गर्दा समेत केहि मात्रमा जोखम रहने हुदाँ दोश्रो वजारमा कारोवार गर्दा थप अध्ययन तथा धैर्यताका साथ लगानी गर्नुपर्ने जस्ता विषयमा विशेष अतिथि पुर्ण प्रसाद आचार्यले आफ्ना भनाई राखेका थिए ।
यसैगरि, लगानीकर्ताहरुको डाटाहरुलाई सुरक्षित गर्न सिडिएस तथा क्लियरिङ्ग लि.ले आफ्नो कार्यालय, सिंहदरवार र उपत्यका वाहिर हेटौंडामा गरि तीन स्थानमा डाटा सेन्टरको व्यकअप प्रणाली राखिएको र चार तहको सुरक्षा अवधारण लागु गरेको समेत बताए ।

त्यसैगरि, मध्यपुर ठिमी नगरपालिकाका प्रवक्ता तथा ३ नं. वडाका अध्यक्ष कृष्णहरि आचार्यले भक्तपुरमा शाखा विस्तार गरि शेयर कारोवार सेवा प्रवाह गरेकामा खुशी व्यक्त गर्दै उक्त शाखा तथा भिजन सेक्युरिटिज् प्रा.लि.लाई शुभकामना तथा उत्तरोत्तर प्रगतिको कमना व्यक्त गरे ।
धितोपत्र कारोवारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले मिति २०७९ फाल्गुण ४ गते देखि ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९’ जारी गरि लागु गरे पश्चात निश्चित मापदण्ड पुरा गरेको धितोपत्र व्यवसायीहरुलाई मुख्य कार्यलय नभएको उपत्यका भित्रका जिल्लामा शाखा कार्यालय खोल्न सकिने व्यवस्था गरेको छ ।

पुजीँ वजारको ईतिहासमा ब्रोकर व्यवसाय र यो व्यवसाय गर्ने व्रोकर कम्पनीहरुको शाखा सञ्चालन सम्वन्धी पक्रियाहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.ले उपत्यका भित्रको भक्तपुर जिल्लामा पहिलो शाखा खोल्ने ब्रोकर कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ ।
ग्राहकहरुले देखाएको उच्च सद्भाव, माया र विश्वासका साथै नियामक निकायहरुवाट प्राप्त सहयोग, सुझाव र मार्गदर्शनवाट नै उपत्यका वाहिर सवै भन्दा धेरै ९ वटा शाखा तथा उपत्यका भित्र ललितपुर र भक्तपुर जिल्लामा समेत शाखा सञ्चालन गर्ने ब्रोकर कम्पनीको रुपमा स्थापित हुन सफल भएकोले यस प्रालिको तर्फवाट सम्वद्ध पक्षहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको सो प्रालिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।