logo

सिटी होटलको आइपीओ बाँडफाँट, १ लाख ३५ हजारलाई १०/१० कित्ता

    648   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार – सिटी होटल लिमिटेडको आइपीओ बाँटफाँट भएको छ। कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको साधारण सेयर शुक्रबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलको कार्यालयमा बाँडफाँट गरेको हो ।
क्यापिटलले रितपूर्वक आवेदन दिएका लगानीकर्तालाई गोलाप्रथा मार्फत सेयरको बाँडफाँट गरेको छ। प्रक्रिया पुगेका आवेदनमध्ये १ लाख ३५ हजार ५९४ जनाले १०÷१० कित्ताका दरले १३ लाख ५५ हजार ९४० कित्ता सेयर हात पारेका छन्।

रितपूर्वक आवेदन दिए पनि ९ लाख ५२ हजार ८१ जनाको हात रित्तै भएको छ। कम्पनीले गत वैशाख २५–२८ गते १६ लाख ७४ हजार कित्ता सेयरको बिक्री खुलाएको थियो।
सो सेयर मध्य वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १ लाख ६७ हजार ४०० कित्ता, सामूहिक लगानी कोष योजनाहरुका लागि ८३ हजार ७०० कित्ता र कर्मचारीहरुका लागि ६६ हजार ९६० कित्ता सेयर छुट्याएको थियो ।
कम्पनीले बाँकी रहेको १३ करोड ५५ लाख ९४ हजार रुपैयाँ १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधउरणमा निष्कासन गरेको हो।
सो सेयरमा कुल १० लाख ९२ हजार ६६७ जना लगानीकर्ताबाट १ करोड १८ लाख ९५ हजार ३७० कित्ताका लागि आवेदन परेको थियो।
आवेदकमध्ये १० लाख ८७ हजार ६७५ जनाले दिएको १ करोड १८ लाख ३३ हजार ७१० कित्ता स्वीकृत भएको थियो। भने ४ हजार ९९२ जना आवेदकले ६१ हजार ६६० कित्ताका लागि दिएको आवेदन रद्ध छ ।
सेयरको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल, सिटी होटलको वेबसाइट तथा सीडीएससीको आइपीओ रिजल्ट बाट हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।