logo

नेप्से सामान्य बढ्यो, कारोबारमा गिरावट

    679   पटक पढिएको

२ जेठ/अर्थ र व्यापार – सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ ।
अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसूचकमा गिरावट हुँदा नेप्सेमा ३.२९ अंकको सामान्य वृद्धि भएको छ । बैंकिङ उपसूचक ०.११ प्रतिशत र अनय उपसूचक ०.८९ प्रतिशतले गिरावट भएको छ । यसैगरि, निर्जीवन बीमा उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.८१ प्रतिशतले बढेका छन् ।
बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । आइतबार ९० करोड माथिको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ७३ करोडमा झरेको थियो ।
मंगलबार कारोबार रकम झनै घटेर ६४ करोड १ लाखमा झरेको छ । मंगलबार नेप्सेमा १८ हजार ८८९ वटा कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।
मंगलबार कारोबार भएकामध्ये एनआईसी एशिया बैकको सर्वाधिक ५ करोड १ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको करिब २ करोड ८९ लाख रुपैयाँ र नबिल बैंकको करिब २ करोड १७ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६३ कम्पनीको सेयरमूल्य घट्दा १७ कम्पनीको स्थिर छ ।
मंगलबार कारोबार भएका कम्पनीहरुमा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा माया खोला हाइड्रोपावरको सेयरमूल्य ५.७० प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ५.३५ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा सूचीकृत भएर मंगलबारबाट मात्रै दोस्रो बजारमा कारोबार सुर भएको माइखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले गिरावट भएको छ ।
नेप्सेले तोकेको ओपनिङ रेञ्जको माथिल्लो सीमामा ओपनिङ कारोबार भएको कम्पनीको सेयरमूल्य १० प्रतिशतले गिरावट भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।