logo

नयाँ स्टक ब्रोकर एशोशियसनले भन्यो–सर्वोच्च अदालतको मानहानी गर्ने कोशिस गरियो

    641   पटक पढिएको

३१ बैशाख / अर्थ र व्यापार- नयाँ स्टक ब्रोकर एसोसिएसनले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नयाँ ब्रोकर लाइन्सेन्स वितरण प्रक्रियामा नियामक निकाय, सरकार र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

धितोपत्र बोर्डबाट पूर्वस्वीकृति प्राप्त गरेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुको भेलाले सागर ढकालको संयोजकत्वमा ११ सदस्यीय नयाँ स्टक ब्रोकर एसोसिएसन नेपाल गठन समेत गरेको छ ।

नयाँ स्टक ब्रोकर एशोशियसनका संयोजक सागर ढकालले विज्ञप्ति जारी गर्दै पुरानो स्टक ब्रोकर्स एसोसिएसनले गत वैशाख २९ गते विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्ड, मन्त्रिपरिषद र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलेखलप्रति गम्भीर ध्यनाकर्षण भएको जनाएका छन् ।

आफ्नो सिन्डिकेट र मोनोपेली कायम राख्नका लागि पुरानो स्टक ब्रोकर्स एसोसिएसनले सर्वोच्च अदालत र सरकारको स्वायत्त संस्था नेपाल धितोपत्र बोर्डमाथि आर्थिक चलखेलको आरोप लगाउनु कपोकल्पित र भ्रामक रहेको नयाँ स्कट ब्रोकर एसोसिएनले जनाएको छ ।

नयाँ स्टक ब्रोकर एसोसिएसनद्वारा जारी विज्ञप्तिमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले विज्ञप्ति जारी गर्दै स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालीन मन्त्रिपरिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा भर्खरै पूर्वस्वीकृति लिई सञ्चालनको तयारीमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरुसमेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको जनाइएको छ । आधारहीन विज्ञप्तिले ५६ लाख लगानीकर्ताले गरेको अपेक्षामाथिको तुषारापात भएको एशोशियसनले जनाएको छ ।

नयाँ स्टक ब्रोकर एशोशियसनले एघार बुँदा सहित विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा सर्वोच्च अदालतवाट कानुनी परिक्षण भई निर्णय भईसकेको विषयलाई समेत उठान गरि सर्वौच्च अदालतको मानहानी गर्ने कोशिस गरिएको जनाएको छ ।

नेपालको इतिहासमा पहिलोपटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सो उपर १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना रहेको विज्ञप्तिमा जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।