logo

नयाँ स्टक ब्रोकर एशोशियसनले भन्यो–सर्वोच्च अदालतको मानहानी गर्ने कोशिस गरियो

    932   पटक पढिएको

३१ बैशाख / अर्थ र व्यापार- नयाँ स्टक ब्रोकर एसोसिएसनले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नयाँ ब्रोकर लाइन्सेन्स वितरण प्रक्रियामा नियामक निकाय, सरकार र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

धितोपत्र बोर्डबाट पूर्वस्वीकृति प्राप्त गरेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुको भेलाले सागर ढकालको संयोजकत्वमा ११ सदस्यीय नयाँ स्टक ब्रोकर एसोसिएसन नेपाल गठन समेत गरेको छ ।

नयाँ स्टक ब्रोकर एशोशियसनका संयोजक सागर ढकालले विज्ञप्ति जारी गर्दै पुरानो स्टक ब्रोकर्स एसोसिएसनले गत वैशाख २९ गते विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्ड, मन्त्रिपरिषद र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलेखलप्रति गम्भीर ध्यनाकर्षण भएको जनाएका छन् ।

आफ्नो सिन्डिकेट र मोनोपेली कायम राख्नका लागि पुरानो स्टक ब्रोकर्स एसोसिएसनले सर्वोच्च अदालत र सरकारको स्वायत्त संस्था नेपाल धितोपत्र बोर्डमाथि आर्थिक चलखेलको आरोप लगाउनु कपोकल्पित र भ्रामक रहेको नयाँ स्कट ब्रोकर एसोसिएनले जनाएको छ ।

नयाँ स्टक ब्रोकर एसोसिएसनद्वारा जारी विज्ञप्तिमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले विज्ञप्ति जारी गर्दै स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालीन मन्त्रिपरिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा भर्खरै पूर्वस्वीकृति लिई सञ्चालनको तयारीमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरुसमेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको जनाइएको छ । आधारहीन विज्ञप्तिले ५६ लाख लगानीकर्ताले गरेको अपेक्षामाथिको तुषारापात भएको एशोशियसनले जनाएको छ ।

नयाँ स्टक ब्रोकर एशोशियसनले एघार बुँदा सहित विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा सर्वोच्च अदालतवाट कानुनी परिक्षण भई निर्णय भईसकेको विषयलाई समेत उठान गरि सर्वौच्च अदालतको मानहानी गर्ने कोशिस गरिएको जनाएको छ ।

नेपालको इतिहासमा पहिलोपटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सो उपर १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना रहेको विज्ञप्तिमा जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।