logo

नेप्से १६.९३ अंकले घट्यो

    618   पटक पढिएको

२५ वैशाख/अर्थ र व्यापार – सेयर बजार लगातार घट्दै गएको छ । अर्थतन्त्र मन्दीमा गएको तथ्यांकहरु प्रकाशित भएसँगै सेयर बजार घट्दो क्रममा देखिएको हो ।
गत बिहीबार दोहोर अंकले बढेर बन्द भएको सेयर बजार परिसूचक नेप्से आइतबार १९ अंकले गिरावट भएकोमा सोमबार लगातार दोस्रो दिन पनि दोहोरो अंकको गिरावट भएको छ।

सोमबार सेयर बजार परिसूचक नेप्से १६.९३ अंकले गिरावट भएर १८३३.६९ अंकमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । सोमबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.४४ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.८९ प्रतिशत र जिवन बीमा उपसूचक १.३१ प्रतिशतले गिरावट भएको छ ।
यस्तै निर्जीवन बीमा उपसूचक १.२५ प्रतिशत र वित्त कम्पनी उपसूचक १.१९ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएको छ । आइतबार करिब ६१ करोडमा सीमित भएको कारोबार सोमबार बढेर ८२ करोडमा पुगेको छ । सोमबार नेप्सेमा २५ हजार ५८८ वटा कारोबारमा २८ लाख १० हजार ६२७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८२ करोड ४२ लाखको कारोबार भएको छ ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३ करोड ८७ लाखको कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावरको २ करोड २६ लाख र हिमालयन डिस्टलरीको २ करोड २० लाखको कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये वीन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.०५ प्रतिशतले वृद्धि हुँदा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशतले वृद्धि भएको छ ।
यता इस्टन हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा शिवश्री हाइड्रोपावरको सेयरमूल्य ६.३७ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ५.९३ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।