logo

धितोपत्र बोर्डद्धारा लाइसेन्स दिन थप १३ ब्रोकरलाई आशयपत्र,अब २९ कम्पनी पुग्ने

    911   पटक पढिएको

२१ बैशाख/अर्थ र व्यापार – ब्रोकरको संख्या घटाएर गुणस्तरीय सेवा विस्तार गर्ने उद्देश्य विपरीत नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भने धमाधम लाइसेन्स वितरण प्रक्रिया थालेको छ । नयाँ लाइसेन्स वितरणका लागि यसअघि १६ वटा कम्पनीलाई आशयपत्र दिएको बोर्डले बुधबार थप १३ वटा कम्पनीलाई आशयपत्र दिइएको हो ।

बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप १३ कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए । ‘परेको आवेदहरुमध्ये मापदण्ड पुगेको सबैले अनुमति पाउँछन्,’ उनले भने, ‘बाँकी आवेदनउपर विज्ञ टालीले अध्ययन गरिरहेको छ । उनीहरुमध्ये कागजात पुगेका सबै कम्पनीले छिट्टै आशयपत्र पाउँछन् ।’ बजारलाई प्रतिस्पर्धी र पारदर्शी बनाउनका लागि ब्रोकर लाइसेन्स थप्न लागिएको हो ।

बुधबार आशयपत्र पाउने ब्रोकर कम्पनीहरुमध्ये २ वटा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनी र बाँकी ११ वटा निजी कम्पनी रहेका छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरुले बढीमा ६ महिनाभित्र सम्पूर्ण मापदण्ड पूरा गरेर सञ्चालनमा आइसक्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।
पहिलो चरणमा आशयपत्र पाउने कम्पनीहरुमध्ये ७ वटा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनी र बाँकी व्यक्तिगत कम्पनी छन् । ब्रोकर लाइसेन्स वितरणका लागि

बोर्डले गत असोज २ मा एउटा स्टक एक्सचेन्ज, दुई वटा कमोडिटी एक्सचेन्ज र धेरै संख्यामा ब्रोकर लाइसेन्स वितरणका लागि सूचना निकालेको थियो ।
३० दिन म्याद दिएकाले ब्रोकरका लागि आवेदन दिने समय असोज ३१ मा सकिएको छ । ब्रोकरका लागि ४५ वटा आवेदन परेका थिए । त्यही समयमा लाइसेन्स वितरण सम्बन्धी प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट परेपछि प्रक्रिया रोकिएको थियो ।
केही साताअघि सर्वोच्च अदालतले सो रिट खारेज गरेपछि बोर्डलाई लाइसेन्स वितरणको बाटो खुलेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।