logo

धितोपत्र बोर्डद्धारा लाइसेन्स दिन थप १३ ब्रोकरलाई आशयपत्र,अब २९ कम्पनी पुग्ने

    642   पटक पढिएको

२१ बैशाख/अर्थ र व्यापार – ब्रोकरको संख्या घटाएर गुणस्तरीय सेवा विस्तार गर्ने उद्देश्य विपरीत नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भने धमाधम लाइसेन्स वितरण प्रक्रिया थालेको छ । नयाँ लाइसेन्स वितरणका लागि यसअघि १६ वटा कम्पनीलाई आशयपत्र दिएको बोर्डले बुधबार थप १३ वटा कम्पनीलाई आशयपत्र दिइएको हो ।

बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप १३ कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताए । ‘परेको आवेदहरुमध्ये मापदण्ड पुगेको सबैले अनुमति पाउँछन्,’ उनले भने, ‘बाँकी आवेदनउपर विज्ञ टालीले अध्ययन गरिरहेको छ । उनीहरुमध्ये कागजात पुगेका सबै कम्पनीले छिट्टै आशयपत्र पाउँछन् ।’ बजारलाई प्रतिस्पर्धी र पारदर्शी बनाउनका लागि ब्रोकर लाइसेन्स थप्न लागिएको हो ।

बुधबार आशयपत्र पाउने ब्रोकर कम्पनीहरुमध्ये २ वटा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनी र बाँकी ११ वटा निजी कम्पनी रहेका छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरुले बढीमा ६ महिनाभित्र सम्पूर्ण मापदण्ड पूरा गरेर सञ्चालनमा आइसक्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।
पहिलो चरणमा आशयपत्र पाउने कम्पनीहरुमध्ये ७ वटा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनी र बाँकी व्यक्तिगत कम्पनी छन् । ब्रोकर लाइसेन्स वितरणका लागि

बोर्डले गत असोज २ मा एउटा स्टक एक्सचेन्ज, दुई वटा कमोडिटी एक्सचेन्ज र धेरै संख्यामा ब्रोकर लाइसेन्स वितरणका लागि सूचना निकालेको थियो ।
३० दिन म्याद दिएकाले ब्रोकरका लागि आवेदन दिने समय असोज ३१ मा सकिएको छ । ब्रोकरका लागि ४५ वटा आवेदन परेका थिए । त्यही समयमा लाइसेन्स वितरण सम्बन्धी प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट परेपछि प्रक्रिया रोकिएको थियो ।
केही साताअघि सर्वोच्च अदालतले सो रिट खारेज गरेपछि बोर्डलाई लाइसेन्स वितरणको बाटो खुलेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।