logo

सेयर बजारमा पहिरो,नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    646   पटक पढिएको


१० वैशाख/अर्थ र व्यापार – बैंकहरुको खराब वित्तीय विवरणले सेयर बजारमा निराशा बढाएको छ । जसका कारण सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १८.८० अंकले घटेर १८८५.६० अंकमा बन्द भएको छ । चैत अन्तिममा बैंकहरुले निक्षेपको ब्याजर घटाउन निर्णय गरेका थिए । यही बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै लैजाने संकेत गरेपनि त्यसले सेयर लगानीकर्तामा भने उत्साह बढाउन सकेन ।
आइतबार होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से परिसूचक पनि ०.९९ प्रतिशतले घिटेको छ । होटल तथा पर्यटन उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।
यता वित्त कम्पनी उपसूचक २.०१ प्रतिशत र व्यापार उपसूचक १.४७ प्रतिशतले गिरावट हुँदा बैंकिङ उपसूचक पनि १.३४ प्रतिशतले गिरावट भएको हो ।
बजार परिसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । आइतबार नेप्सेमा ३१ हजार ४१५ वटा कारोबारमा २७ लाख ३४ हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८२ करोड ८५ लाखको कारोबार भएको छ ।
जसमध्ये मोलुङ हाइड्रोपावरको करिब ३ करोड १२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको २ करोड ८९ लाख र एनआईसी एशिया बैंकको करिब २ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८८ कम्पनीको सेयर मूल्यमा गिरावट भयो । २९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आइतबार कारोबार भएकामध्ये आर्दश लघुवित्त र कालिञ्चोक दर्शनको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ६.९४ प्रतिशतले वृद्धि भएको छ ।
यता गुडविल फाइनान्सको सेयरमूल्य ५.७८ प्रतिशतले गिरावट हुँदा गणपति लघुवित्तको सेयरमूल्य ५.६४ प्रतिशत र धौलागिरी लघुवित्तको सेयर मूल्य ४.७० प्रतिशतले घटेर बन्द भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।