logo

सेयर बजारमा पहिरो,नेप्सेसँगै कारोबार रकम पनि घट्यो

    907   पटक पढिएको


१० वैशाख/अर्थ र व्यापार – बैंकहरुको खराब वित्तीय विवरणले सेयर बजारमा निराशा बढाएको छ । जसका कारण सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १८.८० अंकले घटेर १८८५.६० अंकमा बन्द भएको छ । चैत अन्तिममा बैंकहरुले निक्षेपको ब्याजर घटाउन निर्णय गरेका थिए । यही बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै लैजाने संकेत गरेपनि त्यसले सेयर लगानीकर्तामा भने उत्साह बढाउन सकेन ।
आइतबार होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से परिसूचक पनि ०.९९ प्रतिशतले घिटेको छ । होटल तथा पर्यटन उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।
यता वित्त कम्पनी उपसूचक २.०१ प्रतिशत र व्यापार उपसूचक १.४७ प्रतिशतले गिरावट हुँदा बैंकिङ उपसूचक पनि १.३४ प्रतिशतले गिरावट भएको हो ।
बजार परिसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । आइतबार नेप्सेमा ३१ हजार ४१५ वटा कारोबारमा २७ लाख ३४ हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८२ करोड ८५ लाखको कारोबार भएको छ ।
जसमध्ये मोलुङ हाइड्रोपावरको करिब ३ करोड १२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको २ करोड ८९ लाख र एनआईसी एशिया बैंकको करिब २ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८८ कम्पनीको सेयर मूल्यमा गिरावट भयो । २९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आइतबार कारोबार भएकामध्ये आर्दश लघुवित्त र कालिञ्चोक दर्शनको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ६.९४ प्रतिशतले वृद्धि भएको छ ।
यता गुडविल फाइनान्सको सेयरमूल्य ५.७८ प्रतिशतले गिरावट हुँदा गणपति लघुवित्तको सेयरमूल्य ५.६४ प्रतिशत र धौलागिरी लघुवित्तको सेयर मूल्य ४.७० प्रतिशतले घटेर बन्द भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।