logo

सेयर बजारमा दोहोरा अंकको गिरावट, नेप्से २३.६४ अंकले घट्यो

    929   पटक पढिएको


४ बैशाख/अर्थ र व्यापार – सेयर बजारमा दोहोरा अंकको गिरावट भएको छ । नयाँ वर्ष २०८० साल सुरु भएपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २३.६४ अंकले गिरावट हुँदा १९०८.०४ अंकमा बन्द भएको छ । बजारको सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।
गत बुधबार नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउन निर्णय गर्दा नेप्सेमा ९२ अंकको उच्च वृद्धि भएको थियो । त्यसपछि बिहीबार नै २९ अंकले करेक्सन भएको नेप्से नयाँ वर्षको पहिलो दिन ३ गते आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको थियो ।
सोमबार पनि नेप्से घट्दो क्रमममा नै देखिएको छ ।

नेप्से मात्रै नभएर कारोबार रकम पनि घट्दो छ । गत बुधबार करिब २ अर्बको कारोबार भएको बजारमा बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको थियो । आइतबार करिब १ अर्ब रहेको कारोबार रकम सोमबार ९२ करोड १ लाखमा झरेको छ ।
२७ हजार ४३७ कारोबारमा ३१ लाख ४४ हजार ५७३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा सो रकमको कारोबार भएको हो । जसमध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७ करोड २ लाख रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ३४ लाख र एनआईशी एशिया बैंकको ३ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।


सोमबार नेप्सेमा कुल २१८ कम्पनीको सेयर कारोबार भएकोमा १८८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै २३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको भने स्थिर छ ।
सोमबार कारोबार भएकामध्ये आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सामलिङ पावर कम्पनीको सेयरमूल्य पनि ४.९९ प्रतिशतले बढेको छ ।
उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.३४ प्रतिशत, उपकार लघुवित्तको ४.२१ प्रतिशत र कालिका लघुवित्तको सेयरमूल्य ४.१० प्रतिशतले गिरावट भएर बन्द भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।