logo

सेयर बजारमा दोहोरा अंकको गिरावट, नेप्से २३.६४ अंकले घट्यो

    695   पटक पढिएको


४ बैशाख/अर्थ र व्यापार – सेयर बजारमा दोहोरा अंकको गिरावट भएको छ । नयाँ वर्ष २०८० साल सुरु भएपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २३.६४ अंकले गिरावट हुँदा १९०८.०४ अंकमा बन्द भएको छ । बजारको सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।
गत बुधबार नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउन निर्णय गर्दा नेप्सेमा ९२ अंकको उच्च वृद्धि भएको थियो । त्यसपछि बिहीबार नै २९ अंकले करेक्सन भएको नेप्से नयाँ वर्षको पहिलो दिन ३ गते आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको थियो ।
सोमबार पनि नेप्से घट्दो क्रमममा नै देखिएको छ ।

नेप्से मात्रै नभएर कारोबार रकम पनि घट्दो छ । गत बुधबार करिब २ अर्बको कारोबार भएको बजारमा बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको थियो । आइतबार करिब १ अर्ब रहेको कारोबार रकम सोमबार ९२ करोड १ लाखमा झरेको छ ।
२७ हजार ४३७ कारोबारमा ३१ लाख ४४ हजार ५७३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा सो रकमको कारोबार भएको हो । जसमध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७ करोड २ लाख रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ३४ लाख र एनआईशी एशिया बैंकको ३ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।


सोमबार नेप्सेमा कुल २१८ कम्पनीको सेयर कारोबार भएकोमा १८८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै २३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको भने स्थिर छ ।
सोमबार कारोबार भएकामध्ये आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सामलिङ पावर कम्पनीको सेयरमूल्य पनि ४.९९ प्रतिशतले बढेको छ ।
उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.३४ प्रतिशत, उपकार लघुवित्तको ४.२१ प्रतिशत र कालिका लघुवित्तको सेयरमूल्य ४.१० प्रतिशतले गिरावट भएर बन्द भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।