logo

सेबोनले २५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्ने, आइपीओमा २५० कित्ता सेयर आवेदन दिन मिल्ने

    688   पटक पढिएको

१७ चैत/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २५ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई एसएमई कम्पनीमा गणना गर्ने भएको छ ।
यस्ता कम्पनीले जारी गर्ने आइपीओमा न्यूनतम २५० कित्ता सेयर आवेदन दिन पाइनेछ । सेयरको अंकित मूल्य साधारणतया एकसय रुपैयाँ हुने जनाएको छ।
साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावलीको प्रारम्भिक खाका सार्वजनिक गर्दै बोर्डले चुक्ता पुँजी निर्धारण गरेको हो । नियमावलीलाई निष्कर्षमा पु¥याउन बोर्डले राय सुझाव लिने बताएको छ ।
बोर्डले एसएमई कम्पनीको कारोबार सञ्चालन गर्न मेन बोर्ड र एसएमई प्लाटफर्म गर्ने जिम्मा भने एक्सचेनजलाई नै दिएको छ। जसअनुसार अहिले कै अवस्थामा पनि कम्पनीहरु दोस्रो बजारमा प्रवेश गर्न सक्नेछन्।
यस्ता कम्पनीले जारी पुँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी आइपीओ निष्काशन गर्नुपर्नेछ। पुँजी बढाउन हकप्रद पनि निष्कासन गर्न सक्नेछन् । बोर्डले प्रिमियममा धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था पनि उपलब्ध गराएको छ ।
वित्तीय विवरण अनुसार प्रति सेयर नेटवर्थको दुई गुणासम्म निष्कासन मूल्य तोक्न सक्नेछन्। जसका लागि कम्पनीको प्रति सेयर चुक्ता पुँजी भन्दा प्रति सेयर नेटवर्थ बढी हुनुपर्छ। र, औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्ने हुन्छ।
कम्पनीहरुको सेयर कारोबार टीएमएसबाटै हुनेछ। चाहेको खण्डमा सूचीकृत संगठित संस्थाले धितोपत्रको सूचीकरण स्वेच्छिक खारेज पनि गर्न सक्नेछन्। कम्पनीहरुको सर्वसाधारण सेयर पनि ५ वर्षसम्म बेच्न नपाइने भएको छ। धितोपत्र संगठित संस्थाले सर्वसाधारण समूहको लागि प्राथमिक सार्वजनिक निष्कासन गरी सेयर बाँडफाँट भएको मितिले ५ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था नियमावलीमा छ ।
आम सर्वसाधरणले भने बेच्न पाउनेछन् । तर, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेज फण्ड वा विशिष्टिकृत प्रकारको कोषले भने आफ्नो स्वामित्व एक वर्षको अवधि पूरा भएपछि बिक्री गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।