logo

सेबोनले २५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्ने, आइपीओमा २५० कित्ता सेयर आवेदन दिन मिल्ने

    974   पटक पढिएको

१७ चैत/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २५ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई एसएमई कम्पनीमा गणना गर्ने भएको छ ।
यस्ता कम्पनीले जारी गर्ने आइपीओमा न्यूनतम २५० कित्ता सेयर आवेदन दिन पाइनेछ । सेयरको अंकित मूल्य साधारणतया एकसय रुपैयाँ हुने जनाएको छ।
साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावलीको प्रारम्भिक खाका सार्वजनिक गर्दै बोर्डले चुक्ता पुँजी निर्धारण गरेको हो । नियमावलीलाई निष्कर्षमा पु¥याउन बोर्डले राय सुझाव लिने बताएको छ ।
बोर्डले एसएमई कम्पनीको कारोबार सञ्चालन गर्न मेन बोर्ड र एसएमई प्लाटफर्म गर्ने जिम्मा भने एक्सचेनजलाई नै दिएको छ। जसअनुसार अहिले कै अवस्थामा पनि कम्पनीहरु दोस्रो बजारमा प्रवेश गर्न सक्नेछन्।
यस्ता कम्पनीले जारी पुँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी आइपीओ निष्काशन गर्नुपर्नेछ। पुँजी बढाउन हकप्रद पनि निष्कासन गर्न सक्नेछन् । बोर्डले प्रिमियममा धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था पनि उपलब्ध गराएको छ ।
वित्तीय विवरण अनुसार प्रति सेयर नेटवर्थको दुई गुणासम्म निष्कासन मूल्य तोक्न सक्नेछन्। जसका लागि कम्पनीको प्रति सेयर चुक्ता पुँजी भन्दा प्रति सेयर नेटवर्थ बढी हुनुपर्छ। र, औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्ने हुन्छ।
कम्पनीहरुको सेयर कारोबार टीएमएसबाटै हुनेछ। चाहेको खण्डमा सूचीकृत संगठित संस्थाले धितोपत्रको सूचीकरण स्वेच्छिक खारेज पनि गर्न सक्नेछन्। कम्पनीहरुको सर्वसाधारण सेयर पनि ५ वर्षसम्म बेच्न नपाइने भएको छ। धितोपत्र संगठित संस्थाले सर्वसाधारण समूहको लागि प्राथमिक सार्वजनिक निष्कासन गरी सेयर बाँडफाँट भएको मितिले ५ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था नियमावलीमा छ ।
आम सर्वसाधरणले भने बेच्न पाउनेछन् । तर, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेज फण्ड वा विशिष्टिकृत प्रकारको कोषले भने आफ्नो स्वामित्व एक वर्षको अवधि पूरा भएपछि बिक्री गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।