logo

नेप्से १०.८७ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

    1097   पटक पढिएको


१६ चैत/अर्थ र व्यापार– विगत केहीदिन विस्तारै बढन थालेको सेयर बजार बिहीबार ओरालो लागेको छ । बिहीबार बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम १ अर्ब भन्दा तल झरेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १०.८७ अंकले गिरावट हुँदा १९०८.५५ अंकमा बन्द भएको छ ।
होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचमा गिरावट भएका छन् । होटल तथा पर्यटन उपसूचक ०.५० प्रतिशतले बढेको छ ।
सेयर बजार परिसूचक नेप्से घटेर लल्लो विन्दुमा आउँद लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् ।
जसले कारोबार रकम पनि घट्दै गएको छ । नेप्सेमा सुस्त बन्दै गर्दा पनि कारोबार रकम लगातार १ अर्ब माथि भएपनि बुधबार र बिहीबार भने १ अर्बबाट तल झरेको हो । बुधबार करिब ८२ करोडको सेयर कारोबार भएको बजारमा बिहीबार ८९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२६ हजार ४३४ वटा कारोबारमा २७ लाख ५० हजार ६५५ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ५ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३ करोड १२ लाख र जीवन विकास लघुवित्तको २ करोड १४ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये सुपरमाइ हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा कालिञ्चाक दर्शनको सेयरमूल्य ६.०८ प्रतिशत र आरएसडीसी लघुवित्तको सेयरमूल्य २.५७ प्रतिशतले वृद्धि भएको छ ।

आदर्श लघुवित्तको सेयरमूल्य ६.०७ प्रतिशत गिरावट हुँदा जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८६ प्रतिशत र सपोर्ट लघुवित्तको सेयरमूल्य ३.७१ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।