logo

नेप्से १०.८७ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

    814   पटक पढिएको


१६ चैत/अर्थ र व्यापार– विगत केहीदिन विस्तारै बढन थालेको सेयर बजार बिहीबार ओरालो लागेको छ । बिहीबार बजार परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम १ अर्ब भन्दा तल झरेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १०.८७ अंकले गिरावट हुँदा १९०८.५५ अंकमा बन्द भएको छ ।
होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचमा गिरावट भएका छन् । होटल तथा पर्यटन उपसूचक ०.५० प्रतिशतले बढेको छ ।
सेयर बजार परिसूचक नेप्से घटेर लल्लो विन्दुमा आउँद लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् ।
जसले कारोबार रकम पनि घट्दै गएको छ । नेप्सेमा सुस्त बन्दै गर्दा पनि कारोबार रकम लगातार १ अर्ब माथि भएपनि बुधबार र बिहीबार भने १ अर्बबाट तल झरेको हो । बुधबार करिब ८२ करोडको सेयर कारोबार भएको बजारमा बिहीबार ८९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२६ हजार ४३४ वटा कारोबारमा २७ लाख ५० हजार ६५५ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ५ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३ करोड १२ लाख र जीवन विकास लघुवित्तको २ करोड १४ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४९ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये सुपरमाइ हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा कालिञ्चाक दर्शनको सेयरमूल्य ६.०८ प्रतिशत र आरएसडीसी लघुवित्तको सेयरमूल्य २.५७ प्रतिशतले वृद्धि भएको छ ।

आदर्श लघुवित्तको सेयरमूल्य ६.०७ प्रतिशत गिरावट हुँदा जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८६ प्रतिशत र सपोर्ट लघुवित्तको सेयरमूल्य ३.७१ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।