logo

एक अंकले बढ्यो सेयर बजार

    692   पटक पढिएको

१५ चैत/अर्थ र व्यापार – सेयर बजार बुधबार एक अंकले मात्र बढेको छ । मन्त्रिमण्डल विस्तारमा भएको ढिलाईका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहँदा दिनभर घटेको बजारमा अन्तिम समयमा आएर सामान्य बढेर बन्द भएको छ ।

बुधबार सूचक १.०२ अंकले बढेर १९१९.४२ अंकमा पुगेको छ । दिनभरमा २५८ कम्पनीका २५ लाख ३९ हजार ४८ कित्ता सेयर २५ हजार ४१३ वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँमा समेटिएको छ ।

अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम ६२ करोड ७५ लाखले घटेको हो । मंगलबार एक अर्ब ४४ करोड ३७ लाखको सेयर खरिद बिक्री भएको थियो ।अघिल्लो दनको तुलनामा कारोबार रकम ४३ प्रतिशत कम हो ।

आज कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३ करोड ५६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै सानिमा माई हाइड्रोपावरको ३ करोड ३२ लाख २२ हजार रुपैयाँ, शिवम् सिमेन्टसको २ करोड ५२ लाख, हिमालयन डिष्टिलरीको २ करोड ५१ लाख र एशियन हाइड्रोपावरको २ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार सुपर माई हाइड्रोपावर र कालिञ्चोक दर्शन लिमिटेडको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । मूल्य बढेसँगै सुपर माई हाइड्रोपावरको ५२०.४० रुपैयाँ र कालिञ्चोक दर्शनको १८२.७० रुपैयाँ पुगेको छ । यस्तै धौलागिरी लघुवित्तको ५.१७, स्वाबलम्बन लघुवित्तको ३.९५ र सिटिजन्स म्युचुअल फन्ड २ को इकाईमूल्य ३.८८ प्रतिशतले मूलय बढेको छ ।

उता आजको बजारमा खप्तड लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशत घटेर ९३१ रुपैयाँमा झरेको छ । यस्तै एनएलजी इन्स्योरेन्सको ३.३४, श्रृजनशील लघुवित्त ३.३०, सुर्याज्योति लाइफ ३.१३ र आरम्भ चौतारी लघुवित्तको मूल्य ३.०१ प्रतिशतले घटेको छ ।

आजको बजारमा होटल तथा पर्यटनमुलक इन्डेक्स सर्वाधिक १.३४ प्रतिशतले बढ्दा अन्य ०.६३, लघुवित्त ०.२७, निर्जीवन बीमा उपसमूह ०.२१ र लगानी ०.२१ प्रतिशतले बढेको छ । आठ उपसमुहगत घटेको बुधबारको बजारमा व्यापार सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ ।

यस्तै जीवन बीमा ०.५३, विकास बैंक ०.३६, फाइनान्स ०.३५, म्युचुअल फन्ड ०.१९, उत्पादन ०.०९, जलविद्युत् ०.०४ प्रतिशत र बैंकिङ ०.०१ प्रतिशतले घटेको छ ।
बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण २७ खर्ब ८० अर्ब ४१ करोड १० लाख रुपैयाँमा समेटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।