logo

एक अंकले बढ्यो सेयर बजार

    949   पटक पढिएको

१५ चैत/अर्थ र व्यापार – सेयर बजार बुधबार एक अंकले मात्र बढेको छ । मन्त्रिमण्डल विस्तारमा भएको ढिलाईका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहँदा दिनभर घटेको बजारमा अन्तिम समयमा आएर सामान्य बढेर बन्द भएको छ ।

बुधबार सूचक १.०२ अंकले बढेर १९१९.४२ अंकमा पुगेको छ । दिनभरमा २५८ कम्पनीका २५ लाख ३९ हजार ४८ कित्ता सेयर २५ हजार ४१३ वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँमा समेटिएको छ ।

अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम ६२ करोड ७५ लाखले घटेको हो । मंगलबार एक अर्ब ४४ करोड ३७ लाखको सेयर खरिद बिक्री भएको थियो ।अघिल्लो दनको तुलनामा कारोबार रकम ४३ प्रतिशत कम हो ।

आज कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३ करोड ५६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै सानिमा माई हाइड्रोपावरको ३ करोड ३२ लाख २२ हजार रुपैयाँ, शिवम् सिमेन्टसको २ करोड ५२ लाख, हिमालयन डिष्टिलरीको २ करोड ५१ लाख र एशियन हाइड्रोपावरको २ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार सुपर माई हाइड्रोपावर र कालिञ्चोक दर्शन लिमिटेडको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । मूल्य बढेसँगै सुपर माई हाइड्रोपावरको ५२०.४० रुपैयाँ र कालिञ्चोक दर्शनको १८२.७० रुपैयाँ पुगेको छ । यस्तै धौलागिरी लघुवित्तको ५.१७, स्वाबलम्बन लघुवित्तको ३.९५ र सिटिजन्स म्युचुअल फन्ड २ को इकाईमूल्य ३.८८ प्रतिशतले मूलय बढेको छ ।

उता आजको बजारमा खप्तड लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशत घटेर ९३१ रुपैयाँमा झरेको छ । यस्तै एनएलजी इन्स्योरेन्सको ३.३४, श्रृजनशील लघुवित्त ३.३०, सुर्याज्योति लाइफ ३.१३ र आरम्भ चौतारी लघुवित्तको मूल्य ३.०१ प्रतिशतले घटेको छ ।

आजको बजारमा होटल तथा पर्यटनमुलक इन्डेक्स सर्वाधिक १.३४ प्रतिशतले बढ्दा अन्य ०.६३, लघुवित्त ०.२७, निर्जीवन बीमा उपसमूह ०.२१ र लगानी ०.२१ प्रतिशतले बढेको छ । आठ उपसमुहगत घटेको बुधबारको बजारमा व्यापार सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ ।

यस्तै जीवन बीमा ०.५३, विकास बैंक ०.३६, फाइनान्स ०.३५, म्युचुअल फन्ड ०.१९, उत्पादन ०.०९, जलविद्युत् ०.०४ प्रतिशत र बैंकिङ ०.०१ प्रतिशतले घटेको छ ।
बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण २७ खर्ब ८० अर्ब ४१ करोड १० लाख रुपैयाँमा समेटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।