logo

अन्तिम समयमा लयमा फर्किएकाले १८ अंकले बढ्यो नेप्से

    716   पटक पढिएको


१३ चैत/अर्थ र व्यापार – अन्तिम समयमा लयमा फर्किदा सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १७.७० अंकले वृद्धि हुँदा १९०६ अंकमा बन्द भएको छ ।
इन्ट्रा डे कारोबारमा १८६४.९१ अंकसम्म झरेको नेप्से सोमबारको कारोबारको अन्तिम घण्टामा वृद्धि हुँदा १९०० अंक माथि पुगेर बन्द भएको हो । लघुवित्त बाहेक उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । लघुवित्त कम्पनीको प्रस्तावित लाभांशमा राष्ट्र बैंकको अंकुशपछि लघुवित्त कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा लघुवित्त उपसूचकमा ०.५१ प्रतिशतले गिरावट आएको छ ।

उत्पादनमूलक उपसूचकमा २.३५ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा, वित्त कम्पनी र विकास बैंक उपसूचक पनि २ प्रतिशत भन्दा माथिले वृद्धि भएका छन् ।
नेप्सेसँगै कारोबार रकम पनि सुधार भएको छ । सोमबार नेप्सेमा ३६ हजार ९८० वटा कारोबारमा ४३ लाख ८ हजार ६४५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ३८ करोड २८ लाखको कारोबार भएके छ ।
आयतबार १ अर्ब २८ करोड ९४ लाखको कारोबार भएको बजारमा सोमबार कारोबार रकम केही बढेको हो ।
सोमबार कारोबार भएकामध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ९१ लाखको कारोबार भएको छ । यस्तै जीवन विकास लघुवित्तको ४ करोड ७० लाख र नबील बैंकको ४ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २१५ कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ४४ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको स्थिर रहेको छ । सोमबार सुपरमाइ हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा अजोड इन्स्योरेन्सको सेयरमूल्य ८.३० प्रतिशत र लक्ष्मी लघुवित्तको सेयरमूल्य ५.५२ प्रतिशतले वृद्धि भएको छ ।

यता राष्ट्र बैंकको निर्देशनपछि प्रस्तावित लाभांश घटाएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ८.३० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ६.९७ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।