logo

१८ अंकले घट्यो नेप्से

    689   पटक पढिएको


९ चैत/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ०.९४ प्रतिशतले गिरावट भएको छ ।
बिहीबार नेप्से १८.१५ अंकले गिरावट भएर १९१५.१४ अंकमा बन्द भएको छ । बजारमा सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार आएको छ ।
८ चैत मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर कारोबार १ अर्ब ४१ करोड ३२ लाख पुगेको छ । कुल २९ हजार ६८५ वटा कारोबारमा ४३ लाख ४० हजार २७० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा सो रकमको कारोबार भएको हो ।
बिहीबार बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको करिब २१ करोड ७५ लाखको कारोबार हुँदा सिद्धार्थ बैंकको ८ करोड ३६ लाखको कारोबार भएको छ ।
एनआईसी एशिया बैंक र सिद्धार्थ बैंककको मर्जरको चर्चा चल्दा एनआईसी एशिया बैंकको सेयरमूल्यमा उच्च गिरावट भएको छ भने सिद्धार्थ बैंकको सेयरमूल्य बढेको छ । दुवै बैंकको कारोबार पनि उच्च भएको हो ।
बिहीबार एनआईसी एशिया बैंकको सेयरमूल्य ५.१२ प्रतिशतले गिरावट हुँदा सिद्धार्थ बैंकको सेयरमूल्य ८.३४ प्रतिशतले वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।