logo

६.९० अंकले घट्यो नेप्से

    786   पटक पढिएको


५ चैत/अर्थ र व्यापार – चैतको सुरुवाती दुई कारोबार दिन लगातार घटेको सेयर बजार घट्ने क्रमले तेस्रो दिन पनि निरन्तरता पाएको छ । गत साताको ५ कारोबार दिन मध्ये चार दिन घटेको नेप्से आइतबार पनि एकल अंकको गिरावट भएर बन्द भएको छ ।

आइतबार बजार परिसूचक नेप्से ६.९० अंकले गिरावट हुँदा १९२६.४० अंकमा बन्द भएको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, व्यापारु र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित जिवन बीमा, उत्पादनमुलक, लघुवित्त लगायतका उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।
आइतबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.८७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२७ प्रतिशतले वृद्धि भएको छ ।
यता बैंकिङ उपसूचक ०.५४ प्रतिशतले घटेको छ भने उत्पादनमुलक, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा भने १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । नेप्सेमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ ।
गत बिहीबार १ अर्ब १४ करोड र बुधबार १ अर्ब २० करोडको कारोबार भएको बजारमा आइतबार भने मुस्किलले १ अर्ब नाघेको छ । आइतबार बजारमा ३० हजार ७७५ वटा कारोबारमा ३१ लख ६३ हजार ३८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड ११ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एशिया बैंकको ४ करोडको कारोबार भएको छ । आइतबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा १२७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।
यस्तै ७४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने १२ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकोमध्ये युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त र शुभम् पावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा ग्रिन भेञ्चर लिमिटेडको सेयरमूल्य ७.१८ प्रतिशतले वृद्धि भएको छ । यता श्रृजनशील लघुवित्तको सेयरमूल्य ७.३३ प्रतिशतले गिरावट हुँदा मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ३.९५ प्रतिशत र सबैको लघुवित्तको सेयरमूल्य ३.९३ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।