logo

पहिलोपटक केन्द्रीकृत डिजिटल केवाइसी पुँजी बजारमा

लगानीकर्ताले एक निकायमा केवाइसी भरेपछि अन्त थप केवाइसी भर्न नपर्ने

    1136   पटक पढिएको

१७ फागुन/अर्थ र व्यापार – पुँजी बजारमा नेपालकै पहिलोपटक केन्द्रीकृत डिजिटल केवाइसी सुरु हुने भएको छ । ग्राहक तथा लगानीकर्ताले कुनै एक निकायमा एकपटक व्यक्तिगत विवरण बुझाएपछि पुँजी बजारका अन्य निकायमा पुनः व्यक्तिगत विवरण बुझाउनुनपर्ने गरी केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सेन्ट्रल डिजिटल केवाइसी) लागू गरिने भएको हो ।

पुँजी बजारमा विद्युतीय सेवासमेत प्रदान गर्दै आएको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले केन्द्रीकृत डिजिटल केवाइसी लागू गर्ने तयारी अघि बढाएको हो । यो अन्तिम चरणमा पुगिसकेको सिडिएससीको भनाई छ ।
हाल सफ्टवेयर (सिस्टम प्रणाली)लाई केही ब्रोकर कम्पनी र मर्चेन्ट बैंकरहरूमा परीक्षण भइरहेको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले त्यसको नतिजा पनि राम्रो देखिएको जानकारी दिए । अब बाँकी काम र प्रक्रिया पूरा गरेर केन्द्रीकृत डिजिटल केवाइसीलाई कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

अहिले डिम्याट खाता, मेरो सेयर खाता, ब्रोकर खाता (टिएमएस) खोल्दा सम्बन्धित ब्रोकर कम्पनी, मर्चेन्ट बैंकरलगायतका निकायमा लगानीकर्ताले छुट्टाछुट्टै केवाइसी भर्नुपर्नेे बाध्यता छ । एउटै ब्रोकरमा डिम्याट खाता तथा ब्रोकर खाता खोल्दा पनि दुईपटक केवाइसी भर्नुपर्ने बाध्यता छ ।
यसैगरि, एउटा मर्चेन्ट बैंक तथा ब्रोकरमा डिम्याट खाता तथा ब्रोकर खाता (टिएमएस) खोलेको व्यक्तिले अर्काे ब्रोकर तथा मर्चेन्ट बैंकरमा डिम्याट खाता पनि केवाइसी भर्नुपर्ने बाध्यता रहँदै आएको छ ।
त्यसमाथि कतिपय ब्रोकर तथा मर्चेन्ट बैंकरहरूले केवाइसी अझै डिजिटलाइज गरेका छैनन् । फलस्वरूप लगानीकर्ताले निकै झन्झट व्यहोर्नुपरेको छ । साथै, खर्च पनि उत्तिकै मात्रामा भइरहेको लगानीकर्ताको गुनासो छ ।
सोही अवस्थालाई दृष्टिगत गर्दै पुँजी बजारभित्रको कुनै एक निकाय तथा संस्थामा केवाइसी भरेपछि अर्काे ठाउँमा पुनः केवाइसी भर्नुनपर्ने गरी नयाँ प्रविधि ल्याउन लागिएको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए ।
उनले यो प्रविधि आएपछि लगानीकर्ताले एउटा निकायमा केवाइसी भरेपछि सोही निकाय वा अन्य निकायमा थप केवाइसी भर्नुनपर्ने बताए । यद्यपि, आवश्यकताअनुसार समय–समयमा केवाइसीलाई अपडेट गर्दै जानुपर्ने उनले जानकारि दिए ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ०७७ मा एक निर्देशिका जारी गर्दै सिडिएससीलाई सेन्ट्रल डिजिटल केवाइसी लागू गर्न निर्देशन दिएको थियो । सोही निर्देशिका अन्तर्गत सेन्ट्रल डिजिटल केवाइसी लागू गर्ने प्रक्रिया अघि बढाएको हो ।
सम्भवतः अबको एक–दुई महिनामा यो कार्यान्वयनमा आउने सिडिएससीको भनाइ छ । सेन्ट्रल डिजिटल केवाइसीका लागि सेवाशुल्क तोक्न नेपाल धितोपत्र बोर्ड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, लगानीकर्तालगायतका सरोकारवालासँग छलफल अगाडि बढाइएको छ ।
सो छलफल मार्फत सेवाशुल्कको टुंगो लगाउने काम भइरहेको आचार्यले बताए । उनले भने, ‘अब सेन्ट्रल डिजिटल केवाइसी लागू गर्न यी दुई काम मात्रै बाँकी छ । यो पूरा भएपछि सेन्ट्रल डिजिटल केवाइसी कार्यान्वयनमा आउँछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।