logo

ब्रोकरको शाखा खोल्ने निर्देशिका लागु,हरेक शाखामा चुक्ता पुँजी डेढ करोड हुनुपर्ने

    921   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – सेयर बजार कारोबार बढाउन धितोपत्र दलाल व्यवसायी शाखा कार्यालय खोल्न दिने प्रावधानसहितको निर्देशिका २०७९ लागु भएको छ । ब्रोकरहरुको शाखा खोल्ने प्रक्रियालाई सहज बनाउन धितोपत्र बोर्डले निर्देशिका कार्यान्वयनमा ल्याएको हो।
गत बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशिकाअनुसार ब्रोकर कम्पनीहरुले शाखा खोल्दा प्रति शाखा १ करोड ५० लाख चुक्ता पुँजी कायम गर्नु पर्नेछ।
शाखा कार्यालय खोल्न चाहने ब्रोकरहरुको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनु पर्नेछ। मुख्य कार्यालय रहेको जिल्लामा शाखा खोल्न नपाइने, सरकारले तोकेका दुर्गम जिल्लामा थप शाखा खोल्न दिइने र काठमाडौंबाहिर कम्तिमा ३ वटा शाखा खोलेपछि मात्रै काठमाडौं उपत्यकामा शाखा खोल्न दिइने प्रावधान निर्देशिकामा उल्लेख छ।
बोर्डका अनुसार ब्रोकरहरुको व्यवसायमा देखिने वित्तीय जोखिमको न्यूनीकरण गरी सबल ढंगले शाखा कार्यालय संचालन गर्न तथा धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा पुगिसकेको सन्दर्भमा सोही अनुरुप दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक देखिएको छ ।
सोही अनुसार बोर्डले ब्रोकरहरुको शाखा खोल्ने सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएको हो। साथै निर्देशिका लागु हुनुअघि शाखा कार्यालय खोल्न निवेदन दिइ पूर्वाधार तयार गर्न बोर्डबाट सूचना नगरिएका ब्रोकरहरुको शाखा कार्यालय खोल्न यो निर्देशिका बमोजिम पुनः निवेदन दिनु पर्नेछ।
तर, पूर्वाधार तयार गर्न बोर्डबाट सूचना गरिएका ब्रोकर कम्पनीहरुले पूर्वाधार तयार गरि बोर्डलाई जानकारी दिएको अवस्थामा स्वीकृति लिइ शाखा संचालन गर्न पाउनेछन्।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनअनुसार सजाय पाएको व्यक्ति सञ्चालक रहेको ब्रोकर कम्पनीलाई सजाय पाएको मितिले एक वर्ष शाखा खोल्न अनुमति नहुने निर्देशिकामा उल्लेख छ । काठमाडौं केन्द्रित सेयर कारोबार गतिविधि मुलुकका प्रमुख सहरसँगै बिभिन्न जिल्लामा पु¥याउन ब्रोकर कम्पनीले बजार खोजिरहेका छन्। उनीहरुको शाखा विस्तारको क्रमलाई नियमन गर्न निर्देशिकाले सहज हुने धितोपत्र बोर्डले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।