logo

ब्रोकरको शाखा खोल्ने निर्देशिका लागु,हरेक शाखामा चुक्ता पुँजी डेढ करोड हुनुपर्ने

    666   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – सेयर बजार कारोबार बढाउन धितोपत्र दलाल व्यवसायी शाखा कार्यालय खोल्न दिने प्रावधानसहितको निर्देशिका २०७९ लागु भएको छ । ब्रोकरहरुको शाखा खोल्ने प्रक्रियालाई सहज बनाउन धितोपत्र बोर्डले निर्देशिका कार्यान्वयनमा ल्याएको हो।
गत बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशिकाअनुसार ब्रोकर कम्पनीहरुले शाखा खोल्दा प्रति शाखा १ करोड ५० लाख चुक्ता पुँजी कायम गर्नु पर्नेछ।
शाखा कार्यालय खोल्न चाहने ब्रोकरहरुको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनु पर्नेछ। मुख्य कार्यालय रहेको जिल्लामा शाखा खोल्न नपाइने, सरकारले तोकेका दुर्गम जिल्लामा थप शाखा खोल्न दिइने र काठमाडौंबाहिर कम्तिमा ३ वटा शाखा खोलेपछि मात्रै काठमाडौं उपत्यकामा शाखा खोल्न दिइने प्रावधान निर्देशिकामा उल्लेख छ।
बोर्डका अनुसार ब्रोकरहरुको व्यवसायमा देखिने वित्तीय जोखिमको न्यूनीकरण गरी सबल ढंगले शाखा कार्यालय संचालन गर्न तथा धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा पुगिसकेको सन्दर्भमा सोही अनुरुप दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक देखिएको छ ।
सोही अनुसार बोर्डले ब्रोकरहरुको शाखा खोल्ने सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएको हो। साथै निर्देशिका लागु हुनुअघि शाखा कार्यालय खोल्न निवेदन दिइ पूर्वाधार तयार गर्न बोर्डबाट सूचना नगरिएका ब्रोकरहरुको शाखा कार्यालय खोल्न यो निर्देशिका बमोजिम पुनः निवेदन दिनु पर्नेछ।
तर, पूर्वाधार तयार गर्न बोर्डबाट सूचना गरिएका ब्रोकर कम्पनीहरुले पूर्वाधार तयार गरि बोर्डलाई जानकारी दिएको अवस्थामा स्वीकृति लिइ शाखा संचालन गर्न पाउनेछन्।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनअनुसार सजाय पाएको व्यक्ति सञ्चालक रहेको ब्रोकर कम्पनीलाई सजाय पाएको मितिले एक वर्ष शाखा खोल्न अनुमति नहुने निर्देशिकामा उल्लेख छ । काठमाडौं केन्द्रित सेयर कारोबार गतिविधि मुलुकका प्रमुख सहरसँगै बिभिन्न जिल्लामा पु¥याउन ब्रोकर कम्पनीले बजार खोजिरहेका छन्। उनीहरुको शाखा विस्तारको क्रमलाई नियमन गर्न निर्देशिकाले सहज हुने धितोपत्र बोर्डले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।