logo

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

    1048   पटक पढिएको


२३ माघ/अर्थ र व्यापार– सुपर मादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।
सोमबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले जारी पुँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये जारी पुँजीको ५ प्रतिशतले हुने १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी गरिसकेको छ ।

यस्तै सर्वसाधारणलाई छुट्याएको जारी पुँजीको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ताको १० प्रतिशतले हुने २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।
त्यसैगरी कम्पनीले एक लाख पाँच हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ४२ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयरका लागि माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यमा सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
उक्त आईपीओमा कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल एक करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जसमध्ये पाँच हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ ।
मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
यसरी गोलाप्रथाबाट आईपीओ बाँडफाँट गर्दा एक लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कम्पनीले कास्कीको मादी गाउँपालिकाबाट बग्ने मादी नदीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनको अनुमानित प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार भने आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।