logo

सुमेरु सेक्युरिटिजले निःशुल्क सेयर सचेतना कार्यक्रम सञ्चालन गर्ने

    1175   पटक पढिएको


१८ माघ/ अर्थ र व्यापार – सुमेरु सेक्युरिटिज र आईएएफएस बिच बुधबार निःशुल्क सेयर सचेतना कार्यक्रम सञ्चालनका लागि सहकार्यको सम्झौता भएको छ।
स्टक ब्रोकर नं. ३९ सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै हरेक साताको शुक्रबार लगानीकर्ताहरुलाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गरेका हुन्।
कार्यक्रममा बोल्दै सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवालले यस प्रशिक्षण कार्यक्रम लगानीकर्ताहरुको लगानी सचेतनाको वृद्धिमा मद्दत मिल्ने बताए। यस्ता कार्यक्रमले बजारमा लगानी गर्दा हुने जोखिम न्यूनीकरण गर्न लगानीकर्तालाई सजक हुने विश्वास अग्रवालले लिएका छन्।
आईएएफएसले आधारभुत विश्लेषण, प्राविधिक विश्लेषण, लगानी विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन र स्मार्ट इस्भेस्टर जस्ता पाठ्यक्रम पस्कने आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले बताए।
असाइनमेन्ट आधारित शिक्षा दिने बताएको आईएएफएसले तालिम लिने विद्यार्थी र लगानीकर्ताहरुलाई कक्षाकोठा सत्र, लाइभ ट्रेडिङ्ग अभ्यासहरू, अनलाइन सपोर्ट र विशेषज्ञ परामर्श दिने तयारी गरेको छ।
आईएएफएसले सरस्वती पूजाको अवसर पारेर माघ १२ गते आफ्नो कार्यालय उट्घाटन गरेको थियो। काठमाण्डौको ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावर (सुमेरु सेक्युरिटिज रहेको भवन) को चौथौ तल्लाको कार्यालयको उद्घाटन सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।