logo

दोहोरो अंकले बढ्यो नेप्से

    1136   पटक पढिएको

१५ मंसिर/अर्थ र व्यापार– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.२२ अंक –०.५८ प्रतिशत) ले वृद्धि भएर १९६१.०६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक, लगानी उपसूचक र निर्जीवन बीमा उपसूचकमा भने गिरावट भएको छ । बजारलाई नेतृत्व गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ ।
बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ८६ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख ७२ हजारको कारोबार भएको छ ।
जसमध्ये नबिल बैंकको सर्वाधिक १४ करोड ४५ लाख ५७ हजारको कारोबार भएको छ । आकर्षक लाभांश गर्ने अपेक्षामा बैंकको सेयरमूल्य सँगै कारोबार रकम हरेक दिन बढ्दै गएको छ ।
बिहीबार एनसीसी बैंकको संस्थापक सेयर पनि ८ करोड १३ लाख ५९ हजारको कारोबार हुँदा हिमाल दोलाखा हाइड्रोपावरको ७ करोड ७८१ लाख ९४ हजारको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार भएकोमा १०७ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ८४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको सेयरमूल्य स्थिर छ ।
जसमध्ये धौलागिरी लघुवित्तको सेयरमूलय सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै श्वेतगंगा हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.२१ प्रतिशतले वृद्धि हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ५.०८ प्रतिशतले वृद्धि भएको छ ।
यता सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ३.६४ प्रतिशत, घलेम्दी हाइड्रोपावरको सेयरमूल्य २.६३ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य २.५३ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।