logo

वैदेशिक रोजगारीमा रहेका र दोलखावासीलाई कालिञ्चोक दर्शनको आईपीओ खुल्यो

    884   पटक पढिएको

१४ मंसिर/अर्थ र व्यापार– कालिञ्चोक दर्शन लिमिटेडले आज बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणको लागि जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड विनियमावलीअनुसार आयोजना प्रभावित स्थानीयको लागि निष्काशन हुने सेयर बाहेक सर्वसाधारणमा निष्काशन हुने सेयरको १० वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्नुपर्ने हुन्छ ।
सर्वसाधारणको लागि निष्काशन हुने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर पनि बुधबारबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन खुला गरिएको सो कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित स्थानीयलाई बाहेक सार्वजनिक निष्काशन हुने १० लाख ८० हजार कित्ता सेयरको २ प्रतिशले हुने २१ हजार ६०० कित्ता संस्थाका कर्मचारी र ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गर्दै बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयर भने सर्वसाधारणमा निष्काशन हुने कम्पनीले जनाएको छ ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सार्वजनिक निष्काशन गरीसकेपछि सर्वसाधारणसँग आवेदन माग हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावितले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाहरुले भने अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
वैदेशिक रोजगारमा रहेकाहरु र स्थानीयले २८ मंसिर भित्र कम्पनीको आईपीओका लागि आवेदन दिनुपर्नेछ । सो अवधिमा माग अनुसार आवेदन नपरेमा भने स्थानीय बासिन्दाहरुका लागि निष्काशन अवधि १४ पुससम्म लम्बिनेछ ।
कम्पनीले सार्वजनिक निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आयोजना प्रभावित स्थानीयले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसैगरि, मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको जनाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।