logo

नेप्सेमा दोहोरो अंकको गिरावट

    799   पटक पढिएको


१२ मंसिर/अर्थ र व्यापार – सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सातको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १५.६१ अंक (०.७९ प्रतिशत) ले गिरावट भएर १९५०.३७ अंकमा बन्द भएको छ ।
आइतबार राति चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको स्प्रेड दरमा कडाइ गर्ने बताएको छ । जसले बैंकहरुको नाफा प्रभावित बन्ने देखिन्छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको वित्तीय क्षेत्रको नाफा प्रभावित बन्ने नीतिगत व्यवस्थाले गर्दा सोमबार सेयर बजार पनि केही प्रभावित बन्न पुगेको छ ।

अर्कोतर्फ स्रोत अभाव र लागत उच्च हुँदा घाटमा गएको बताइरहेको लघुवित्तहरुको समस्या सम्बोधन हुने नीति आउने अपेक्षा लघुवित्तका लगानीकर्तामा रहेपनि त्यसको सम्बोधन नहुँदा आइतबार सर्वाधिक बढेको लघुवित्त उपसूचकले पनि सोमबार साथ नदिंदा नेप्से घटेको हो । सोमबार नेप्सेमा म्युचुअल फण्ड र व्यापार बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.७३ प्रतिशतले गिरावट भएको छ भने वित्त कम्पनीको उपसूचक १.५१ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब नाघेको कारोबार रकम सोमबार डेढ अर्बमा झरेको छ । सोमबार नेप्सेमा ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ४३ लाख ९५ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ४६ लाख ४३ हजारको कारोबार हुँदा नबिल बैंकको ७ करोड २४ लाख ५८ हजार र शिवम् सिमेन्टको ६ करोड १६ लाख ६३ हजारको कारोबार भएको छ।

सोमबार बजारमा कुल १९४ कम्पनीको सेयर कारोबार भएकोमा १५१ कम्पनीको सेयर मूल्य गिरावट हुँदा ३६ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.१८ प्रतिशतले वृद्धि हुँदा गरिमा डिवेञ्चर २०८५ को मूल्य ६.११ प्रतिशत र नेपाल ल्युब आयलको सेयरमूल्य ६.०९ प्रतिशतले वृद्धि भएको छ ।
यता सिनर्जी पावरको सेयरमूल्य ४.५६ प्रतिशतले गिरावट हुँदा ओरीयन्टल होटेलको सेयरमूल्य ४.३१ प्रतिशत तथा जानकी फाइनान्सको सेयरमूल्य ३.९६ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।