logo

नेप्सेमा दोहोरो अंकको वृद्धि, झन्डै ९५ कारोडको कारोबार

    886   पटक पढिएको

२८ कात्तिक/अर्थ र व्यापार– साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से २१.२६ अंक (१.१३ प्रतिशत) ले वृद्धि भएर १९०४.४३ अंकमा बन्द भएको छ । पछिल्ला पाँच कारोबार दिनमा लगातार गिरावट भएको नेप्से छैटौं दिनमा भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।
सोमबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा उत्पादनमुलक उपसूचक सर्वाधिक ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्से एक प्रतिशत माथिले वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब पुग्न सकेन ।
सोमबार बजारमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ९४ करोड ६० लाख ९० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड ९६ लाख ४३ हजारको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ८ करोड ९९ लाख ६ हजार र ङ्यादी ग्रुप पावरको ७ करोड ८३ लाख ४६ हजारको कारोबार भएको छ ।
सोमबार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सोमबार कारोबारमा आएका मध्ये तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक ९.८४ प्रतिशतले वृद्धि हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.३९ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ७.२९ प्रतिशतले वृद्धि भएको छ ।
लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य सर्वाधिक ६.५८ प्रतिशतले गिरावट हुँदा ङ्यादी ग्रुप पावरको सेयर मूल्य ५.२० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ३.२० प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।